4 years ago
January 16, 2022
एजेन्सी – इंग्लिस क्लब एभर्टनले आफ्नो मुख्य प्रशिक्षक राफयल बेनिटेजलाई बर्खास्त गरेको छ । लगातारको खराव प्रदर्शनसँगै क्लबले उनलाई आइतबार बर्खास्तको घोषणा हो ।

शनिबार राति नर्विच सिटीसँग १–० ले पराजित भएसँगै क्लबले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । लगातारको निराशजनक प्रदर्शनपछि क्लबको आइतबार बसेको आपतकालिन बैठकले उनलाई मुख्य प्रशिक्षकबाट हटाउने निर्णय गरेको हो ।
स्पेनिस प्रशिक्षक बेनिटेज यो सिजनको सुरुसँगै कार्लाे एन्सेटोलीको स्थानमा एभर्टनमा आबद्ध भएका थिए । लिभरपुलसागको विगतका कारण पनि उनको नियुक्तिलाई रुचाइएको थिएन ।
बेनिटेजले सन् २००५ मा लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जितेका थिए । सन् २००७ मा बेनिटेजले मर्सिसाइड डर्वीपछि एभर्टनलाई ‘सानो क्लब’ को संज्ञा दिएको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]