default_image

4 years ago

February 8, 2022

लिगका ६२ खेलमा १ सय २२ गोल

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगका अन्तिम २९ खेल बाँकी रहँदा रोचक मोड आउने क्रम जारी थिए । गत महिना स्थगित हुनुअघि लिगका नवौं चरणका एकबाहेकका खेल सम्पन्न भएका थिए ।

नवौं चरणको मनाङ मस्र्याङ्दी क्लबको हार अप्रत्यासित थियो। तर, थ्री स्टार क्लबलाई निराश पारिसकेको नवप्रवेशी सातदोबाटो युथ क्लबको अर्को ठूलो क्लब सिकार हुन सक्ने आंकलन थियो । तथापी मनाङलाई त्यो टोली होला भन्ने धेरैको अनुमान विपरित थियो । त्यो हार मनाङको उपाधि दौडका लागि महंगो पर्ने देखिएको छ ।

लिगका सुरुवाती ३ खेल गुमाएको एपिएफ फुटबल क्लबले पनि हिमालयन शेर्पा क्लबलाई हराउँदै ठूलो राहत प्राप्त गरेको छ । फ्रेन्ड्समाथि रेलिगेसन थप चुलिएको छ । फ्रेन्ड्स त्रिुभवन आर्मी फुटबल क्लबसँग ३–१ ले पराजित भएको थियो । मनाङले हार बेहोरे पनि शीर्षस्थानको मछिन्द्र फुटबल क्लबले भने जितलाई निरन्तरता दिने क्रममा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ४–० ले निराश पारेको थियो । लामो समयपछि मैदान फर्केकै खेलमा रेजिन सुब्बाले एक गोल गर्दै पुनरागमनलाई यादगार बनाएका छन् ।

अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको थ्री स्टारले संकटा क्लबलाई १–० ले हराएर अंक तालिकामा आफ्नो अवस्थामा सुधार ल्याउने संकेत गरेको छ । उता संकटाको गतिलाई पनि रोकेको छ । एनआरटीले जावलाखेललाई २–० ले हराउँदै लिगमा सम्मानजनक स्थानका लागि संकेत देखाएको छ । च्यासल युथ क्लबका १९ खेलाडीलाई एकै पटक कोरोना संक्रमण भएपछि नेपाल पुलिस क्लबसँगको खेल भने स्थगित गर्नुपरेको थियो ।

नवौं चरणका सम्भव ६ खेलमा १४ गोल भएको थियो । जारी लिगमा ६२ खेल सम्पन्न हुँदा ४२ खेलमा हार जित भएका छन् भने २० खेल बराबरीमा टुंगिएका थिए । बराबरीमध्ये ११ खेल गोलरहित र ९ खेल गोलसहित सकिएका थिए । ६२ खेलमा १ सय २२ गोल हुँदा पहिलो हाफमा ५२ र दोस्रो हाफमा ७० गोल सम्भव भएका छन् ।

लिगका दुई ह्याट्रिक विदेशी खेलाडी सातदोबाटोका अजायी मार्टिन्स र मनाङका ओलावाले अफिजको नाममा रहेका छन् । ४ गोल आत्मघाती भएका छन् । अहिले सम्म १ सय ७८ पहेलो र २ रातो कार्ड प्रयोग भएका छन् । बुधबार पुलिस र च्यासलबीचको खेलसँगै लिग पुनः सुरु हुनेछ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८

पहिलो राउन्ड

१. फ्रेन्ड्सविरुद्ध सातदोबाटो (०–०)
२. शेर्पाविरुद्ध संकटा (१–१)
३. च्यासलविरुद्ध थ्री स्टार (०–३)
४. बीबीसीविरुद्ध एपीएफ (३–२)
५. जावलाखेलविरुद्ध मनाङ (०–१)
६. आर्मीविरुद्ध पुलिस (१–१)
७. मछिन्द्रविरुद्ध एनआरटी (२–१)
पहिलो राउन्डमा १६ गोल

दोस्रो राउन्ड

८. सातदोबाटोविरुद्ध थ्री स्टार (१–०)
९. संकटाविरुद्ध फ्रेन्ड्स (२–१)
१०. च्यासलविरुद्ध एपीएफ (१–०)
११. शेर्पाविरुद्ध मनाङ (०–१)
१२. जावलाखेलविरुद्ध पुलिस (०–१)
१३. बीबीसीविरुद्ध एनआरटी (०–०)
१४. आर्मीविरुद्ध मछिन्द्र (०–०)
दोस्रो राउन्डमा ७ गोल

तेस्रो राउन्ड

१५. फ्रेन्ड्सविरुद्ध थ्री स्टार (१–१)
१६. सातदोबाटोविरुद्ध एपीएफ (४–१)
१७. संकटाविरुद्ध मनाङ (२–२)
१८. च्यासलविरुद्ध एनआरटी (१–१)
१९. बीबीसीविरुद्ध आर्मी (०–१)
२०. शेर्पाविरुद्ध पुलिस (१–१)
२१.जावलाखेलविरुद्ध मछिन्द्र (०–२)
तेस्रो राउन्डमा १८ गोल

चौथो राउन्ड
२२. मनाङविरुद्ध फ्रेन्ड्स (२–०)
२३. च्यासलविरुद्ध आर्मी (०–२)
२४. सातदोबाटोविरुद्ध एनआरटी (०–१)
२५. शेर्पाविरुद्ध मछिन्द्र (०–३)
२६. थ्री स्टारविरुद्ध एपीएफ (०–०)
२७. संकटाविरुद्ध पुलिस (१–०)
२८. जावलाखेलविरुद्ध बीसीसी (०–०)

चौथो राउन्डमा ९ गोल

पाँचौ राउन्ड
२९. सातदोबाटोविरुद्ध आर्मी (१–१)
३०. संकटाविरुद्ध मछिन्द्र (०–०)
३१. च्यासलविरुद्ध जावलाखेल (०–१)
३२. मनाङविरुद्ध पुलिस (३–१)
३३. थ्री स्टारविरुद्ध एनआरटी (०–०)
३४. शेर्पाविरुद्ध बिबिसी (३–१)
३५. फ्रेन्ड्सविरुद्ध एपिएफ (१–३)
पाँचौं राउन्डमा १५ गोल

छैटौ राउन्ड
३६. एपिएफविरुद्ध एनआरटी (३–३)
३७. पुलिसविरुद्ध फ्रेन्ड्स (०–०)
३८. शेर्पाविरुद्ध च्यासल (३–१)
३९. मनाङविरुद्ध मछिन्द्र (०–१)
४०. संकटाविरुद्ध बिबिसी (३–०)
४१. थ्री स्टारविरुद्ध आर्मी (०–०)
४२. सातदोबाटोविरुद्ध जावलाखेल (०–२)
छैटौं राउन्डमा १६ गोल

सातौ राउन्ड
४३. एपिएफविरुद्ध आर्मी (१–१)
४४. फ्रेन्ड्सविरुद्ध एनआरटी (२–३)
४५. थ्री स्टारविरुद्ध जावलाखेल (२–१)
४६. मनाङविरुद्ध बिबिसी (१–०)
४७. संकटाविरुद्ध च्यासल (०–०)
४८. पुलिसविरुद्ध मछिन्द्र (०–१)
४९. सातदोबाटोविरुद्ध शेर्पा (०–१)
सातौं राउन्डमा १३ गोल

आठौं राउन्ड
५०. संकटाविरुद्ध सातदोबाटो (१–१)
५१. एपिएफविरुद्ध जावलाखेल (०–०)
५२. मछिन्द्रविरुद्ध फ्रेन्ड्स (१–०)
५३. मनाङविरुद्ध च्यासल (५–०)
५४. एनआरटीविरुद्ध आर्मी (०–१)
५५. थ्री स्टारविरुद्ध शेर्पा (२–०)
५६. पुलिसविरुद्ध बिबिसी (१–१)
आठौं राउन्डमा १३ गोल

नवौं राउन्ड
५७. एपिएफविरुद्ध शेर्पा (१–०)
५८. मनाङविरुद्ध सातदोबाटो (०–२)
५९. फ्रेन्ड्सविरुद्ध आर्मी (१–३)
६०. थ्री स्टारविरुद्ध संकटा (१–०)
६१. बिबिसीविरुद्ध मछिन्द्र (०–४)
६२. पुलिसविरुद्ध च्यासल (स्थगित)
६३. एनआरटीविरुद्ध जावलाखेल (२–०)
नवौ राउन्डमा १४ गोल एक खेल बाँकी

जम्मा खेलः ६२
४२ जितको नतिजा
२० बराबरीको नतिजा
११ खेल गोलरहित
९ खेल गोलसहित
जम्मा गोल – १२२
पहिलो हाफमा गोल – ५२ गोल
दोस्रो हाफमा गोल – ७० गोल
ह्याट्रिक – २
अजायी मार्टिन्स (सातदोबाटो) एपीएफविरुद्ध
ओलावाले अफिज (मनाङ) च्यासलविरुद्ध
आत्मघाती गोल – ४
करण रावत (सातदोबाटो) एपीएफविरुद्ध
सिमन्त थापा (जावलाखेल) मछिन्द्रविरुद्ध
रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) मछिन्द्रविरुद्ध
अमृत श्रेष्ठ (शेर्पा) थ्री स्टारविरुद्ध

पँहेलो कार्डः १७८
नविन श्रेष्ठ (मच्छिन्द्र–अफिसियल) पँहेलो कार्ड
युगल किशोर राई (हिमालयन शेर्पा – प्रशिक्षक) पँहेलो कार्ड
मेघराज केसी (सातदोबाटो – प्रशिक्षक) पँहेलो कार्ड
विष्णु गुरुङ (संकटा – प्रशिक्षक) पँहेलो कार्ड
उर्जन श्रेष्ठ (थ्री स्टार – प्रशिक्षक) पहेलो कार्ड
रविन्द्र शिलाकार (थ्री स्टार – प्रशिक्षक) पहेलो कार्ड
रातो कार्ड – २
रोनेल एन्थोनी पउल (फ्रेन्ड्स) सातदोबाटोविरुद्ध (दोहोरो पँहेलो कार्ड)
बालगोपाल साहुखल (च्यासल–प्रशिक्षक) मनाङविरुद्ध (दोहोरो पँहेलो कार्ड)
पेनाल्टीमा गोल – ३
सुमन लामा (मनाङविरुद्ध)
प्रिजेन तामाङ (एपिएफविरुद्ध)
विश्वास श्रेष्ठ (सातदोबाटोविरुद्ध)
पेनाल्टी मिस – ३
विकास मेराग्लिया (थ्री स्टारविरुद्ध)
शिशिर लेखी (मनाङविरुद्ध)
मार्टिन एडेल्फे सिलो नंगा (शेर्पाविरुद्ध)

सर्वाधिक गोलकर्ता
१. ओलावाले अफिज (मनाङ)– ६
२. अजायी मार्टिन्स (सातदोबाटो) – ५
३. सुनिल बल – ५
४. आशिष लामा (एपिएफ) – ४
५. दर्शन गुरुङ (एनआरटी) – ४

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.