default_image

4 years ago

January 21, 2022

शेर्पालाई सडन डेथमा हराउँदै पुलिस क्वाटरफाइनलमा

379 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब पोखरामा जारी २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हिमालयन शेर्पा क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

निर्धारित समयमा १–१ गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा दुवै टोलीले १-१ प्रहारमा चुकेपछि सडन डेथको दोस्रो प्रहारमा जित हासिल गर्दै पुलिस अघि बढेको हो ।

टाइब्रेकरमा पुलिसका लागि क्रमश: तीर्थबहादुर राना, निरकुमार राई र सुमन सुवेदी गोल गरे । हिमालयन शेर्पाका लागि उलरीच सिवेले गरेको पहिलो प्रहार नै पोस्टमा लागेर फर्केको थियो । त्यसपछि त्रिदेव गुरुङ र आशिष गुरुङले गोल गर्दै शेर्पालाई खेलमा कायम राखे ।

पुलिसको लागि चौथो पेनाल्टीका लागि आएका कपिल ढकालको प्रहार आकासिएपछि शेर्पाका लागि पिस्टोने मुताम्बाले गोल गर्दै खेल बराबरीमा ल्याए । पुलिसका लागि भोला सिलवालले पाँचौ प्रहारमा गोल गर्दा शेर्पाका कप्तना विश्वास श्रेष्ठले पनि कुनै गल्ति गरेनन् । सडन डेथमा पुलिसका बुद्ध तामाङ सफल हुँदा शेर्पाका जीवन गुरुङले पनि गोल फर्काए । त्यसपछि राम वाजीले गोल गर्दा शेर्पाका पूर्णबहादुर गुरुङको प्रहार वैकल्पिक गोलरक्षक रोशन खड्काले विफल पारे ।

त्यसअघि पोखरास्थित पोखरा रंगशालामा शुक्रबार भएको खेलको १७औं मिनेटमा विश्वास श्रेष्ठको फ्रिकिकलाई पुलिसका गोलरक्षक सन्जित श्रेष्ठले सहजै नियन्त्रणमा लिन सफल भए । २९औं मिनेटमा शेर्पाका गोलरक्षक किशोर गिरीले दुई उत्कृष्ट बचाउँ गरेपछि पुलिस अग्रता लिनबाट चुक्यो । राम वाजीको प्रहारलाई बचाएका किशोरले रिवाउन्डमा पेनाल्टी बक्स ठीक बाहिरको निर कुमार राईको भली प्रहारलाई डाइभ दिदै बचाए । ३८औं मिनेटमा विश्वास श्रेष्ठको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा शेर्पा अग्रता लिनबाट चुक्यो ।

५१औं मिनेटमा रवि पासवानको प्रहारलाई गोलरक्षक किशोरले बचाउँदा डिफेन्डरले क्लियर गर्दै शेर्पाको संकट टारे । लगत्तै ५२औं मिनेटमा निर कुमार राईले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए । अजित भण्डारीले दिएको लामो पासलाई अलरिच सिवेले क्लियर गर्न नसकेको बललाई तीर्थ रानाले भेटे । उनले दुई डिफेन्डरबीचबाट उपलब्ध गराएको पासलाई निर कुमारले वान टचमै सुन्दर फिनिस गरेका थिए । ५९औं मिनेटमा पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै कप्तान विश्वास श्रेष्ठले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

रियो नाकामुराले मैदानको बाया क्षेत्रबाट दिएको क्रस सन्तोष हेमरुनलाई लाग्दै फर्किएपछि कसैको निगरानीमा नरहेका विश्वासले दोस्रो बार च्याप्दै गरेको कर्लिङ प्रहारलाई पुलिसका गोलरक्षक सन्जित श्रेष्ठको हातमा लाग्दै गोलमा परिणत भएको थियो । ६४औं मिनेटमा विश्वासकै प्रहारलाई गोलरक्षक सन्जितले डाइभ दिदै बचाउँदा शेर्पा अग्रता लिनबाट चुक्यो । ७२औं मिनेटमा निर कुमार राईको फ्रिकिक पोलमा लागेर बाहिरिदा पुलिस अग्रता लिनबाट चुक्यो । त्यसपछि निर्धारित समय र अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

अब पुलिसले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । आहा रारा गोल्ड कपमा शनिबार क्वाटरफाइनलको पहिलो खेलमा अमेरिकाको बिवाइएससी मिनेसोटा र नेपाल एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपिएफले विहीबार आयोजक सहारा क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.