4 years ago
January 21, 2022
एजेन्सी – एएफसी महिला एसियन कप अन्तर्गत समूह बीमा उपाधिको बलियो दाबेदार अष्ट्रेलियाले इन्डोनेसियालाई १८-० ले पराजित गरेको छ । मुम्बईमा भएको खेलमा साम केर एक्लैले ५ गोल गर्दा अष्ट्रेलियाका ८ खेलाडीले गोल गरे ।

अष्ट्रेलियाले खेलको नवौं मिनेटमा केरको गोलमा अग्रता लिएको थियो । इंग्लिस क्लब चेल्सीमा मुख्य फरवार्डका रुपमा खेल्दै आएकी उनले ११ औं र २६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् । कुल ६८ मिनेट मैदानमा बिताएकी उनले ३६ औं र ५४ औं मिनेटमा पनि गोल गरिन् ।
अष्ट्रेलियाले १४ औं मिनेटमा केटलिन फुर्ड, १७ औं मिनेटमा मेरी फाउलर, २४ औं मिनेटमा हेली रासो, ३५ औं मिनेटमा एलि कार्पेन्टर र ४० औं मिनेटमा एमिली भान एग्मोन्डको गोलसँगै पहिलो हाफमा ९-० को अग्रता लिएको थियो ।
अष्ट्रेलियाले दोस्रो हाफमा ४ खेलाडी परिवर्तन गरेपनि भान एग्मोन्डले ५७ र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । त्यस्तै कार्पेन्टर र रासोले पनि १-१ गोल थपे । वैकल्पिक खेलाडी ऐभी लुइक, तामेका यालोप र क्याह सिमोनको नाममा पनि दोस्रो हाफमा १-१ गोल रहयो । इन्डोनेसियाकी शालिका औरेलिया ६८ औं मिनेटमा आत्मघाती गोल गरेकी थिइन् ।
यससँगै समूह बीमा अष्ट्रेलियाले सानदार सुरुवात गरेको छ । दिनको अर्को खेलमा फिलिपिन्स र थाइल्याण्ड खेल्दैछन् ।

नेपालले सन् २०१९ मा भएको ओलम्पिक छनोटमा इन्डोनेसियालाई २-१ ले पराजित गरेको थियो । उक्त खेलमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । यसपटक भने एसियन कप छनोटमा इराक र उत्तर कोरिया अनुपस्थित रहेपछि दुई लेगको खेलमा सिंगापुरलाई हराउँदै इन्डोनेसिया एसियन कपमा छनोट भएको थियो ।
नेपाल पनि एसियन कपमा छनोट हुनबाट थोरैले बन्चित भएको थियो । छनोटको समूह एफमा नेपाल हङकङ र फिलिपिन्स सहभागी भएकोमा फिलिपिन्ससँग इन्ज्युरी समय दुई गोल खाएपछि नेपाल २-१ ले पराजित भएको थियो । त्यसपछि हङकङसँग गोलरहित बराबरी खेल्दै नेपाल छनोटबाट बाहिरिएको थियो । नेपालको समूहबाट छनोट भएको फिलिपिन्स पनि समूह बीमा अष्ट्रेलिया, थाईल्यान्ड र इन्डोनेसियासँग परेको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]