default_image

4 years ago

January 22, 2022

जोशको दुई गोलमा नर्विचले वाट्फोर्डलाई हरायो

156 views

0 Bookmark

एजेन्सी – अमेरिकी फरवार्ड जोसुआ (जोश) सारगेन्टको दुई गोल मद्दतमा नर्विच सिटीले इंग्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित निकाल्दा वाट्फोर्डलाई पराजित गरेको छ । नर्विचले घरेलु टोली वाट्फोर्डलाई ३–० ले पराजित गर्दै तत्कालका लागि रेलिगेसन जोन छाडेको हो ।

भिकारेज रोड वाट्फोर्डमा १० खेलाडीमा समेटिएको घरेलु टोली वाट्फोर्डलाई हराउन नर्विचका जोसुआ सारगेन्टले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । सबै तीन गोल दोस्रो हाफमा नै भएको थियो ।

खेलको ५१औं मिनेटमा जोसुआ सारगेन्टले गोल गर्दै नर्विचलाई १–० को अग्रता दिलाए । उनले टिमु पुक्कीको पासलाई सदुपयोग गरेका थिए । ७४औं मिनेटमा जोसुआले मिलोट रासिकाको पासमा व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

७८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्दा वाट्फोर्डको खेलमा फर्कने सम्भावना टाढिएको थियो । इमानुएल डेनिस दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जुराज कुकाले आत्मघाती गोल गरेपछि नर्विचले सहज जित निकाल्न सफल भयो ।

यो जितसँगै नर्विचले तत्कालका लागि रेलिगेसन जोन छाडेको छ । टोलीको २२ खेलबाट १६ अंक छ । नर्विचले भन्दा ५ खेल कम खेलेको बर्नले ११ अंक जोडेर पुछारमा छ । दुई खेल कम खेलेको वाट्फोर्डको १४ र न्यूक्यासलको १२ अंक छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.