4 years ago
January 23, 2022
पोखरा (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड ओलावाले आफिजको प्रभावशाली प्रदर्शनमा मनाङ मर्स्याङ्दी क्लबले २० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको क्वाटरफाइनलमा मनाङले नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । मनाङको जितमा आफिजले १ गोल र १ असिस्टको योगदान दिए । राष्ट्रिय टोलीमा ४ खेलाडी रहेका कारण मनाङले न्यु रोड टिम (एनआरटी) का शिव गुरुङ र राजेश परियारलाई पहिलो रोजाइमा खेलाएको थियो ।
पहिलो हाफ गोलरहित रहेको खेलमा मनाङले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ६४औं मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाए । हेमन्त श्रेष्ठको ब्याक पासलाई अजित भण्डारीले पेनाल्टी बक्समा गम्भीर गल्ती गर्दा मनाङले त्यसको फाइदा उठायो । अजितले क्लियर गर्न नसकेको बलमा आफिजले दिएको क्रसलाई रुपेश केसीले तीन डिफेन्डर र गोलरक्षकबीचबाट सुन्दर गोल गर्न सफल भएका थिए ।
८४औं मिनेटमा कप्तान जुमानु राईले सुवर्ण अवसर खेर फाल्दा पुलिस बराबरीबाट चुक्यो । लगत्तै काउन्टर अट्याकमा ओलावाले अफिजको पासमा अशोक थापा मगरको शक्तिशाली प्रहारलाई गोलरक्षक सन्जित श्रेष्ठले बचाए । रिवाउन्डमा अशोककै हेड पासमा राजेश परियारको प्रहार अकासियो ।

८८औं मिनेटमा ओलावाले अफिजले गोल गर्दै मनाङको जित पक्का गरे । भोला सिलवालबाट बल खोस्दै मैदानको मध्यभागबाट एक्लै बल अघि बढाँउदै अजित र भोलालाई नै बिट गर्दै गोलरक्षक अघि बढेको अवस्थामा उनको प्रहारले जाली चुमेको थियो । लगत्तै ओलावालेको प्रहारलाई गोलरक्षक सन्जितले बचाए ।
मनाङले अब सेमिफाइनलमा मंगलबार हुने त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबको विजेतासँग खेल्नेछ । सोमबार प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा साविक विजेता संकटा र ए डिभिजन लिगको शीर्ष टोली मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ । यसअघि शनिबार पहिलो क्वाटरफाइनलमा एपिएफले अमेरिकी टोली भुटनीज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) लाई ३-१ ले पराजित गरेको थियो ।
प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका छन् । आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
पहिलो वर्ष क्याराभान गोल्ड कपसहित २१ वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । २०७० साल देखि उनीहरु आवसिय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेका छ ।
आहा रारा गोल्डकपको खेल तालिका तथा नतिजाको लागि यहाँ थिच्नुहोस
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]