default_image

4 years ago

January 25, 2022

क्यामरुन र गाम्विया क्वाटरफाइनलमा

273 views

0 Bookmark

एजेन्सी – १० खेलाडीमा समेटिएको कोमोरसमाथि संघर्षपुर्ण जित निकाल्दै आयोजक क्यामरुनसँगै गाम्विया अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

क्यामरुनले कोमोरसलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । क्यामरुनमा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा कार्ल टोको इकाम्वी र भिनसेन्ट एवाउवकारले गोल गरे । कोमोरसका यौसोउफ एमचाङएमाले एक गोल फर्काए ।

ओम्निस्पोर्ट्स पउल विया याओउन्डी क्यामरुनमा भएको खेलको सातौ मिनेटमा नै कोमोरस १० खेलाडीमा समेटिन पुगेको थियो । नाद्जिम एब्डोउ सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसको फाइदा घरेलु टोलीले उठाउन सफल भयो ।

२९औं मिनेटमा कार्ल टोको इकाम्वीले गोल गर्दै क्यामरुनलाई १–० को अग्रता दिलाए । उनले भिनसेन्ट एवाउवकारको पासमा गोल गर्न सफल भएका थिए । ७०औं मिनेटमा भिनसेन्ट एवाउवकारले मार्टिन होङ्लाको पासमा गोल गर्दै क्यामरुनको अग्रता दोब्बर पारे ।

८१औं मिनेटमा यौसोउफ एमचाङएमाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा क्यामरुन विजयी हुन सफल भयो ।

अर्काे प्रि–क्वाटरफाइनल खेलमा गाम्वियाले गिनियालाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । गाम्वियाको जितमा ७१औं मिनेटमा मुसा बारोले गरेको गोल नै निर्णायक बन्यो । दुवै टोलीले १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।

८७औं मिनेटमा गाम्वियाका युसुफा एनजे दोहोरो पहेलो कार्डसहित मैदानबाट बाहिरिदा गिनियाका इब्राहिमा कोन्टे इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा दोहोरो पहेलोकार्डसहित मैदानबाट बाहिरिएका थिए ।

अब क्यामरुन र गाम्वियाबीच नै क्वाटरफाइनल खेल हुनेछ । अर्काे क्वाटरफाइनलमा बुर्किना फासो र ट्युनिसियाले खेल्नेछ । क्वाटरफाइनल पुग्न अब चार टोलीको टुंगो लाग्न बाँकी छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.