default_image

4 years ago

January 26, 2022

मछिन्द्रलाई हराउँदै एपिएफ फाइनलमा

330 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं आहा रारा गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ ।

एपिएफले १० खेलाडीमा समेटिएको मछिन्द्रलाई ३–१ ले स्तब्ध पार्दै इतिहासमा दोस्रो पटक आहा राराको फाइनलमा पुग्न सफल भएको थियो । यसअघि एपिएफ २०६४ मा फाइनलमा प्रवेश गरेको थियो । पोखरा रंगशालामा बुधबार एपिएफको जितमा सनिश श्रेष्ठ, प्रदीप लामा र नविन लामाले गोल गरे । मछिन्द्रका ओमोलाजा नुरेन करिमको बराबरी गोल खेलको नतिजा बदल्न पर्याप्त रहेन ।

सुरुवातदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलको छैटौं मिनेटमा विकी तामाङको क्रसमा अर्मान्ड विडोमले पेनाल्टी बक्समा टर्न गर्दै गरेको सशक्त प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एपिएफ अग्रता लिनबाट चुक्यो । १४औं मिनेटमा मेसुके ओलुमोउको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामाले सहजै नियन्त्रणमा लिए ।

१९औं मिनेटमा अर्मान्डको क्रसमा कप्तान नविन लामालाई लागेको बलमा प्रदीप लामाले गरेको प्रहारलाई गोलरक्षक सुर्य अधिकारीले मुस्किलले नियन्त्रणमा लिए । २४औं मिनेटमा अर्मान्डको प्रहारलाई गोलरक्षक सुर्यले सहजै बचाए ।

२५औं मिनेटमा सनिस श्रेष्ठले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाए । छिरिङ गुरुङले मणि लामालाई फउल गरेपछि मणि लामाले झन्डै ३० यार्ड टाढाको फ्रिकिकमा सनिसले उत्कृष्ट जम्प गर्दै हेडमार्फन सुन्दर गोल गर्न सफल भएका थिए । २८औं मिनेटमा ओमोलाजा नुरेन करिमको फ्रिकिकलाई युया कुरियामाले पञ्च गर्दै बचाउँदा मछिन्द्र बराबरीबाट चुक्यो ।

३२औं मिनेटमा छिरिङको पासमा अभिषेक रिजालको हेडर सदुपयोग हुन सकेन । ४०औं मिनेटमा ओमोलाजा नुरेन करिमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सविन थापाले मेसुके ओलुमोउलाई फउल गरेपछि झन्डै ३० यार्डबार्ट कप्तान रेजिन धिमालको फ्रिकिकलाई अनमार्क रहेका करिमले हेडमार्फत सुन्दर गोल गर्न सफल हुदा गोलरक्षक युया कुरियामाले रोक्ने कुनै मौका नै पाएन ।

६४औं मिनेटमा रेजिन धिमालको कर्नरलाई युया कुरियामाले पञ्च गर्दै बचाउँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो । ६८औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । कप्तान नविन लामाको क्रसमा गोलक्षक र डिफेन्डरबीच तालमेल मिल्न नसक्दा गोलरक्षक अघि बढेको अवस्थामा प्रदीपले गोल गर्न सफल भएका थिए ।

७१औं मिनेटमा मछिन्द्र १० खेलाडीमा समेटिन पुग्यो । गोलकर्ता ओमोलाजा नुरेन करिनले रेफ्रीसँग विवाद गर्न थालेपछि रेफ्री नविन्द्र महर्जनले दोहोरो पहेलो कार्ड देखाउँदै मैदान बाहिर पठाए । ७४औं मिनेटमा नविन लामाकै क्रसलाई छिरिङले हेड गर्दै मछिन्द्रको संकट टारे । ७६औं मिनेटमा अर्मान्डले वान भर्सेस वानको अवस्थामा मौका पाएपनि लड्न पुगे ।

खेलको ९० औं मिनेटमा अर्मान्डको हेडर पोस्टभन्दा माथि जाँदा एपिएफ अग्रता बढाउनबाट बन्चित भएको थियो । इन्ज्युरी समयको सातौं मिनेटमा कप्तान नविन लामाले गोल गर्दै एपिएफको जित सुनिश्चित गरे । आवास लामिछानेको प्रहारलाई गोलरक्षक सुर्यले विफल पारेपनि रिबाउन्डमा नविनले खाली पोस्टमा सहजै गोल गरेका थिए ।

अब एपिएफले उपाधिको लागि आर्मी र मनाङबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल विहीबार हुनेछ । मनाङले पुलिसलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो भने आर्मीले थ्री स्टारलाई १-० ले पराजित गरेको थियो ।

प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका थिए । आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

पहिलो वर्ष क्याराभान गोल्ड कपसहित २१ वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । २०७० साल देखि उनीहरु आवसिय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेका छ ।

आहा रारा गोल्डकपको सम्पूर्ण खेल तालिका तथा नतिजाको लागि यहाँ थिच्नुहोस

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.