4 years ago
January 27, 2022
पोखरा (हाम्रो खेलकुद) – कप्तान विमल राना पेनाल्टीमा चुक्दा २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत मनाङ–मस्र्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबीचको दोस्रो सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

पोखरा रंगशालामा बिहीबार भएको खेलको १०औं मिनेटमा विमल रानाले पेनाल्टी चुकाउँदा पहिलो हाफमा मनाङ अग्रता लिनबाट चुकेको थियो । एडेलाजा सोमिडेको प्रहारलाई युद्ध शाहीले पेनाल्टी बक्समा क्लियर गर्ने क्रममा हातले बल छुन पुगेपछि रेफ्री श्याम दनुवारले मनाङलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा कप्तान बिमल रानाको प्रहार आकासियो ।
३५औं मिनेटमा आर्मीले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । विवेक बस्नेतले पेनाल्टी क्षेत्रभित्रबाट पोस्टतर्फ प्रहार गर्न सकेनन् । उनको फितलो प्रहारमा जर्जप्रिन्स कार्कीको दोस्रो प्रहार डिफ्लेक्ट हुँदै अशोक बराले पञ्च गरे ।
त्यसको रिवाउन्डमा कप्तान भरत खवासको हेडर पोस्टमा जान सकेन । ३९औं मिनेटमा राजेश परियारको कर्नरमा आदेलाजा सोमिडेको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]