default_image

4 years ago

February 26, 2022

सुनिल बल लिगकै सर्वाेत्कृष्ट खेलाडी

427 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर सुनिल बल यसवर्षको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् ।

मछिन्द्रलाई लगातार लिग च्याम्पयन बनाउन सुनिलको महत्वपूर्ण भुमिका रहेको थियो । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै उनले शिल्डसहित ३ लाख रुपैयाँ हात पारेको छ । उनले लिगभर ६ गोल गर्न सफल भएका थिए । चोटका कारण सुनिल पछिल्लो दुई खेलमा उपस्थित थिएनन् ।

मछिन्द्रले दुई खेल बाँकी छँदै यो सिजनको लिगको च्याम्पियन बनेको थियो । शनिबार विभागीय नेपाल एपिएफ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै मछिन्द्र लिगमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो ।

च्याम्पियन र अपराजित रहने क्रममा मछिन्द्रले १३ खेलबाट ३५ अंक जोड्यो । मछिन्द्रले लिगमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबसँग गोलरहित बराबरी खेल्दा ११ खेलमा जित निकाल्यो ।

फेयर प्ले टिम – सातदोबाटो युथ क्लब (नगद २ लाख रुपैया)
उदियमान खेलाडी – दिनेश हेन्जन (आर्मी), बागमती प्रदेशबाट १ लाख ५० हजार रुपैया
गोलरक्षक – विशाल श्रेष्ठ (मछिन्द्र) २ लाख रुपैया

सर्वाधिक गोलकर्ता – जमोल एन्थोनी फ्रान्कोइस (फ्रेन्ड्स) र मेसुके ओलुमोउ (एनआरटी) ७ गोल कम समय खेलेको आधारमा जमोल एन्थोनीलाई प्रदान

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.