default_image

4 years ago

March 4, 2022

गोलकिपर दिप विराटनगर सिटीमा

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा हिमालयन शेर्पा क्लबका गोलकिपर एनएसएलको दोस्रो संस्करणका लागि विराटनगर सिटी एफसी गोल्डेन बजरमा प्राप्त गरेको छ । गोल्डेन बजरबाट प्राप्त गर्ने खेलाडीलाई अधिकत्म मुल्य तिनुपर्ने हुन्छ ।

ए क्याटागोरीका खेलाडीका अधिकत्म मुख्लय ३ लाख ५० हजार रुपैयाँ रहेको छ । अक्सनमा रहेका १० टोलीले गोल्डेन बजरमार्फत एउटा टोलीले एक जना खेलाडी किन्न पाउने प्रावधान छ । त्रिभुवन आर्मी क्बलका डिफेन्डर सुमन अर्याललाई बुटवल लुम्बिनी एफसीले गोल्डेन बजरमा किनेको छ ।

अर्को डिफेन्डर आशिष गुरुङ ३ लाख ५० हजारमा विक्री भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा गोलाप्रथामा आशिष साविक विजेता काठमाडौं रेजर्समा परेका थिए । ए क्याटागोरीका उनलाई ४ टोलीले किन्न चाहेका थिए । हिमालयन शेर्पा क्लबका उनले गत वर्षपनि काठमाडौं रेजर्सबाटै खेलेका थिए ।

गत सिजन काठमाडौंबाट खेल विश्वास श्रेष्ठ विरगन्ज युनाइटेडमा पुगेका छन् । ७ क्लबले उनलाई किन्न इच्छा देखाएपनि गोलापर्थामा उनी विरगन्ज पुगेका हुन् । बी क्याटागोरीका उनी १ लाख ५० हजार रुपैयाँमा विक्री भएका हुन् ।

राष्ट्रिय टोली मनीष डाँगीलाई एनएसएल टोली विराटनगर सिटी एफसीले किनेको छ । विराटनगरले उनलाई १ लाख ५० हजारमा किनेको हो । मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग जित्दा टोलीका सदस्य रहेका मनीषले एनएसएलको पहिलो संस्करणमा पनि विराटनगरबाटै खेलेका थिए ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करणमा ३ नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । अक्सनमा ३ क्याटागोरीमा २ सय ४२ खेलाडी समावेश छन् ।

एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.