default_image

4 years ago

March 12, 2022

खप्तड गोल्डकप फाइनल– फ्रेन्ड्स खेलमा फर्कियो

145 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबविरुद्ध मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा फ्रेन्ड्स क्लबले बराबरी गरेको छ । दुई ए डिभिजनको भिडन्तमा फ्रेन्ड्सले ५१ औं मिनेटमा बराबरी गरेको हो ।

पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका जमुअल फ्रान्स्वाले विपक्षी खेलाडीको गल्तीको फाइदा उठाउँदै खेललाई बराबरी गरेका थिए । मनाङका फ्राक्लिङले गोलकिपर विशाल सुनारलाई ब्याक पासमा दिएको बललाई नियन्त्रणमा लिदै फ्रान्स्वाले गोल गरेका थिए ।

पहिलो हाफमा दीनेश राजवंशीको गोलबाट मनाङले १–० को अग्रता लिएको थियो । खेलको २२ औं मिनेटमा झण्डै ३० यार्ड टाढा प्राप्त फ्रिकिकमा दीनेशले गोल गरेका हुन् । उनको फ्रिकिकलाई रोक्न फ्रेन्ड्सका गोलकिपर राहुल यादव असफल भएका थिए ।

त्यसअघि फ्रेन्ड्सले खेलमा अग्रता लिने मौका गुमाएको थियो । १७ औं मिनेटमा फ्रान्स्वाको पेनाल्टीलाई मनाङका गोलकिपर विशालले रोकेका थिए । बल नियन्त्रणको प्रयास गरिरहेका श्याम क्यापछाकीलाई विपक्षी खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो ।

सहिद स्मारक ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता रहेका फ्रान्स्वाको खप्तड गोल्डकपमा गोल संख्या ४ पुगेको छ । घरेलु फुटबलको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेताले २१ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.