default_image

4 years ago

March 24, 2022

नयाँवस्तीमाथि चर्च ब्वाइजको पूनरागमन जित

352 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलमा दुईपटक पछि परेको स्थिति उल्ट्याएर सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले दोस्रो स्थानमा रहेको नयाँवस्ती युथ क्लबमाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ ।

चर्च ब्वाइजले नयाँवस्तमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजको जितमा सनम भुजेल, आशिष चापागाई र सनम राईले गोल गरे । नयाँवस्तीका अभय धिमाल र रमेश तामाङले गोल गरे ।

खेलको आठौं मिनेटमा अभय धिमालले गोल गर्दै नयाँवस्तीलाई १–० को अग्रता दिलाए । ११औं मिनेटमा सनम भुजेलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३४औं मिनेटमा रमेश तामाङले पेनाल्टीमा गोल गर्दै नयावस्तीलाई पुनः २–१ को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा आशिष चापागाईले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ७१औं मिनेटमा सनम राईले गोल गर्दै चर्च ब्वाइजलाई ३–२ को पूनरागमन जित दिलाए ।

यो जितसँगै शीर्षस्थानमा रहेको चर्च ब्वाइजले शीर्षस्थानमा ४ अंकको स्पष्ट अग्रता बनाएको छ । चर्च ब्वाइजको ८ खेलबाट १७ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको नयाँवस्ती र श्री भगवती टोखाको १३ अंक छ ।

लिगकै अर्काे खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) ले सामाजिक युथ क्लबलाई ३–० को पराजित गरेको छ । आरसिटीको जितमा प्रज्वल गुरुङले दुई तथा विश्वास थापा मगरले एक गोल गरे । सबै तीन गोल पहिलो हाफमा भएको थियो । खेलको पाँचौ मिनेटमा विश्वास थापा मगरले गोल गर्दै आरसिटीलाई सुरुवाती अग्रता दिलाए ।

२०औं मिनेटमा प्रज्वल गुरुङले गोल गर्दै आरसिटीको अग्रता दोब्बर पारे । २४औं मिनेटमा प्रज्वल गुरुङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आरसिटीलाई सहज जिततर्फ अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल आरसिटीले आफ्नो पक्षमा पार्न सफल भयो ।
यो जितसँगै आरसिटी ८ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान १२ अंक रहेपनि सरस्वती युथ क्लब गोल अन्तरमा पछि छ । पराजित सामाजिक ८ खेलबाट ७ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

लिगकै अर्काे खेलमा श्री कुमारी क्लबले खुमलटार युथ क्लबलाई १–० ले पराजित गरेको छ । श्री कुमारीको जितमा खेलको अन्तिम समयमा सृजन राज गौतमले गरेको गोल नै निर्णायक बन्यो । उनले इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै श्री कुमारीले लिगमा पहिलो जित निकालेको छ । लगातार ७ बराबरी खेलेको श्री कुमारीले आठौं खेलमा जित निकालेको हो । जितसँगै श्री कुमारीको ८ खेलबाट १० अंक पुगेको छ । पराजित खुमलटारको ८ खेलबाट ९ अंक छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.