4 years ago
April 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगको च्याम्पियन बनिसकेको चर्च ब्वाइज युनाईटेड, श्री भगवती क्लब टोखा र बाँसबारी क्लबले आफ्नो अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २–१ ले पराजित गर्दै लिगको सुखद अन्त्य गरेको हो । चर्च ब्वाइजको जितमा विकास राई र आशिष चौधरीले गोल गरे । सरस्वतीका सनम धिमालले एक गोल फर्काए ।
खेलको २४औं मिनेटमा विकास राईको गोलबाट १–० को गोलबाट लियो । ४६औं मिनेटमा सनम धिमालले गोल गर्दै सरस्वतीलाई १–१ गोलको बराबरीमा ल्याए । ६६औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्चलाई २–१ को जित दिलाए ।
यस जितसँगै च्याम्पियन चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले एक खेल अगावै लिग च्याम्यिन बन्दै ‘ए’ डिभिजनमा प्रवेश गरिसकेको छ ।
चर्च ब्वाइजले लिगको १३ खेलमा २९ अंक जोड्यो । उसले ९ खेल जित निकाल्दा समान दुई खेलमा जित र हारको नतिजा निकाल्यो । सरस्वतीले १३ खेलमा १७ अंक जोड्यो ।
यस्तै श्री भगवती क्लब टोखाले वीरगन्ज युनाईटेडलाई २–० ले पराजित गरेको छ । श्री भगवतीको जितमा दुवै गोल अनुज भण्डारीको नाममा रह्यो ।
४८औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै श्री भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए । ८२औं मिनेटमा अनुजले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै श्री भगवतीलाई २–० को जित दिलाए । यस जितसँगै श्री भगवतीले १३ खेलमा १८ अंक जोड्यो । वीरगन्जले १३ खेलमा १६ अंक जोड्यो ।
लिगकै अर्काे खेलमा बाँसबारी क्लबले रेलिगेसनमा परिसकेको झम्सिखेल युथ क्लबलाई २–१ ले पराजित गर्दै लिग सकाएको छ । ५४औं मिनेटमा भिष्मराज घिमिरेले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाए ।
६१औं मिनेटमा बिकी राईले गोल गर्दै बाँसबारीको अग्रता दोब्बर बनाए । ७९औं मिनेटमा सुभराज गोलेले गोल गरपनि झम्सिखेलको हार टरेन । बाँसबारीले १३ खेलमा १९ अंक जोड्यो । १३ खेलमा ९ अंक जोडेको झम्सिखेल पुछारमा रह्यो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]