9 years ago
December 6, 2016
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर गोदावरीको रातो र सेन्ट जेभियर, जावलाखेल २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता क्वार्टरफाइनलमा पुगेको छ । रातोले जेभियरक्रै पहेलोलाई ७ – ० ले हराएको थियो । रातोको जितमा सुप्रिम महर्जनले ह्याट्रिक गरे भने निश्चल महर्जन २, संस्कार कार्की र अरियन महर्जनले समान १ गोल गरे । रातोका सुप्रिम सिलवाल प्लेयर अफ दि म्याच घोषित भए ।

नेपाल टेलिकमको प्रायोजन रहेको प्रतियोगिताअन्तर्गत मंगलबार भएको अर्को खेलमा सेन्टजेभियर जावलाखेलले काभ्या स्कुल, नयाँ बानेश्वरलाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ ।
गोदावरी एल्मुनाई एशोसियसनको सहयोगमा भएको प्रतियोगिताको अर्को खेलमा क्रिसेन्ट एकेडेमी र विद्या संस्कार उच्च मा.वि.ले २–२ को बराबरी खेले । बराबरीपछि दुवै टोली अन्तिम आठमा पुगेका छन् । क्रिसेन्टका विपिन सिल्वाल र मोहित थापाले गोल गरे । यस्तै विद्या संस्कारका लागि प्रयत्न थापा र माहेक लामिछानेले गोल गरे । क्रिसेन्टका मोहित तामाङ्ग प्लेयर अफ दि म्याच घोषित भए ।
बिहीबार हुने क्वाटरफाइनलमा नेपाल डनबस्को स्कुल र डल्फिन इङ्लिसबीच, सेन्ट जेभियर जावलाखेल र विद्या संस्कारबीच, सेन्ट जेभियर गोदावरी र रातोले नेपाल एपिएफ स्कुलबीच तथा कीर्तिपुर क्रिसेन्ट र एनके सिंह मेमोरियलबीच प्रतिपस्र्धा हुनेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]