9 years ago
December 8, 2016
लण्डन (एजेन्सि)
आर्सनलसङ सम्झौता नवीकरणमा कठिनाइ आए लगतै चिलियन फर्वर्ड अलेक्सिस स्यान्चेजले क्लब छाड्न सक्ने हल्लाहरु आउन थालेका छन ।

चिनबाट ठुलो रकमको प्रस्ताव आएको दाबी बिभिन्न बिदेशी मिडियाहरुले गरे लगतै आफ्नु शहरी प्रतिद्वन्द्वी चेल्सिले पनि स्यान्चेजको अस्थिर अवस्थाको फाइदा उठाउने प्रयासमा रहेको कुरा बिभिन्न इङ्लिश पत्र पत्रीकाहरुले जनाएका छन ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार स्यान्चेजले बार्षिक २.७ अर्ब नेपाली रुपैया (२५ मिलियन पाउण्ड) माग गरेको तर आर्सनलले भने २ अर्ब (१५ मिलियन पाउण्ड) मात्र दिन तयार रहदा सम्झौता हुन नसकेको हो ।
त्यस्तै ओजिललाई पनि नयाँ सम्झौतामा ढिलाई भएपछी ओजिल पुन: रियल मड्रीड फर्किन सक्ने अथवा जर्मनको लिगमा आफ्नु करियर अघी बढाउन सक्ने हल्लाहरु छन ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]