9 years ago
December 9, 2016
काठमाडौं(हाम्रो खेलकुद)– फुटबलका सबै खाले गतिविधिबाट प्रतिबन्ध लागेको एक बर्षभन्दा लामो समय पछि अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले सुविधाको गाडी फिर्ता गरेका छन् ।

अध्यक्ष रहँदा र प्रतिबन्धयता पनि थापाले एन्फाको फर्चुनर गाडी चढ्दै आएका थिए । कात्तिक ८ गते नरेन्द्र श्रेष्ठ एन्फा अध्यक्षमा निर्वाचित भएपछि थापाको औपचारिक रुपमै एन्फाबाट विदाई भएको थियो । प्रतिबन्धमा रहँदा पनि थापासँग गाडी फिर्ता गर्न एन्फाका अन्य पदाधिकारीले पहल गरेका थिएनन् ।
एन्फा अध्यक्ष श्रेष्ठले पूर्व अध्यक्ष थापाले गाडी फिर्ता गरिसकेको शुक्रबार बसेको केन्द्रिय समिति बैठकमा जानकारी दिएको सदस्य पंकज नेम्बाङले बताए । मैले आफ्नो तर्फबाट एन्फाका गाडीका विषयमा छलफल गर्न एजेन्डा पठाएको थिए , अध्यक्षले पूर्व अध्यक्षले चढेको गाडी फिर्ता भएको जानकारी दिनुभयो, कुरा गर्दा नेम्बाङ, एन्फाले अर्को एउटा जिप र कार किन्ने निर्णय गरेको छ ।
व्यवस्थापिका संसद सदस्य समेत रहेका थापालाई गत बर्ष कात्तिक ३० गते फिफा एथिक्स कमिटिले भ्रष्टाचारको अभियोगमा १० वर्षे प्रतिबन्धसहित झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । फिफाले आफूमाथि अन्याय गरेको उल्लेख गर्दै त्यति बेला थापाले कोर्ट अफ आर्बिट्रेसन फर स्पोटर्स (सिएएस) सम्म जाने सक्ने बताएका थिए । तर, त्यसपछि थापाले यो विषयमा केही बताएका छैनन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]