default_image

9 years ago

December 9, 2016

झारा टार्न एन्फाले छानवीन समिति बनायो

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलुकद)– रुस्लान थ्री स्टारले एएफसी कप प्ले अफ खेल्न नपाउनुमा आफ्नो कमजोरी भइसकेको स्वीकार गरिसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले घटनालाई मथ्थर पार्ने प्रयास स्वरुप छानविन कमिटी गठन गरेको छ ।

three-star-afc-cup-ban

एन्फाको शुक्रबार बसकेको कार्यसमिति बैठकले थ्री स्टारका विषयमा कसको गल्ति भएको हो भन्ने छानविन गर्न सोही बैठकले एन्फा उपाध्यक्ष मनोनित भएका वीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ । समितिमा एन्फा सदस्य रमेश रायमाझी र एन्फाका विकास निर्देशक सञ्जिव मिश्र सदस्य छन् । समितिले १५ दिन भित्र छानविन गरि प्रतिवेदन बुझाउने एन्फाले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

एएफसीले पटक पटक ताकेता गर्दा पनि एन्फाले कुनै जवाफ नपठाएपछि थ्री स्टारले एएफसी कप प्ले अफ खेल्नबाट बञ्चित भएको थियो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.