काठमाडौं (हाम्रो खेलकुद) – आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी रातो र क्रिसेन्ट एकेडेमी शुक्रबार २१ औ फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिता २०१६ को सेमिफाइनलमा पुगेका छन् । दुवै टोली टाइब्रेकरमा हुँदै अघि बढेका हुन् ।
नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई टाईब्रेकरमा ३–२ ले हराउँदै आयोजक रातो अन्तिम चारमा पुगेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जेभियर्सका गोल किपर रोहन गुरुङ प्लेयर अफ दि म्याच घोषित भए ।
नेपाल टेलिकमको प्रायोजनमा जारी प्रतियोगितामा शुक्रबार नै भएको अर्को खेलमा क्रिसेन्टले एनके सिंह मेमोरियल स्कुललाई टाईब्रेकरमा ३–२ ले नै हराएको थियो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । क्रिसेन्टका सोभाकर रोकया म्यान अफ दि म्याच घोषित भए ।
गोदावरी एल्मुनाई एशोसियसनको सहयोगमा भएको प्रतियोगिताको सेमिफाइनल खेल शनिबार आयोजक रातो र जेभियर जावलाखेल तथा क्रिसेन्ट र डनबस्कोबीच हुनेछ ।