default_image

9 years ago

December 10, 2016

करियरले फेका कप फुटबल उपाधि जित्दा विवेक उत्कृष्ट खेलाडी

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीले ११ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । करियरले पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा शनिबार भएको फाइनलमा न्यु स्टार पोललाई टाइब्रेकरमा ५–३ गोलले पराजित ग¥यो । करियरबाट विवेक खवास, जीवन धामी, जीवन लामा, विदेश राई र आकाश शाहले गोल गरे । न्यु स्टारका तर्फबाट रुपेश बस्नेत, दीपेश बस्नेत र कृतन अर्यालले गोल गरे ।

unnamed-5
निर्धारित ७० मिनेट र थप १५ मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकलिएको थियो । पेनाल्टीमा एक गोल बचाएका करियरका गोलकिपर न्युसन श्रेष्ठ फाइनल खेलको ‘म्यान अफ द म्याच’ चुनिए ।हाइल्यानडलाई १–० गोलले हराउदै कस्मिकले तेश्रो स्थान प्राप्त गर्यो । करियरले उपाधिसहित २० हजार, न्यु स्टारले १५ हजार, र कस्मिकले १० हजार र चौथो हाइल्यान्डलाई ५ हजार रुपैया पाए ।

फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) ले आयोजना गरेको प्रतियोगितामा करियरका विवेक खवास उत्कृष्ट खेलाडी, सोही स्कुलका सुजन भट्टराई उदीयमान खेलाडी, न्यु स्टारका सुमन खत्री उत्कृष्ट रक्षक तथा सोही स्कुलका साजन गिरी उत्कृष्ट गोलकिपर चुनिए । प्रतियोगितामा ४ गोल गरेका कस्मिकका रञ्जन गुरुङ उच्च गोलकर्ता बने । गोल्डेन बड स्कुलले अनुशासित टिमको उपाधि हात प्राप्त गर्यो ।

unnamed-4
सांसद दीपक कुइकेल, प्रधानमन्त्री कार्यालयका प्रशासनिक सल्लाहकार नारायण दाहाल, प्याब्सनका केन्द्रीय उपमहासचिव राजेन्द्र बानियाँ, आयोजक फेकाका अध्यक्ष युवराज भट्ट, कार्यक्रम संयोजक मुरारीप्रसाद सन्जेल विजेता, उपविजेता र अन्य टोलीका खेलाडलिाई पुरस्कृत गरे । मंसिर १६ गतेदेखि नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा २० वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.