default_image

4 years ago

May 23, 2022

अन्तिम खेलमा बार्सिलोनाको हार

259 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको सिजनको अन्तिम खेलमा घरेलु मैदानमा हार बेहोर्दै सिजनको अन्त्य गरेको छ ।

मिलान घरेलु मैदानमा भिल्लारियलसँग २–० ले पराजित भएको हो । बार्सिलोनाको मैदानमा भिल्लारियलको जितमा अलफन्सो पेडराजा र मोई गोमेजले गोल गरे ।

क्याम्प नोउमा आइतबार राति भएको खेलको ४१औं मिनेटमा अलफन्सो पेडराजाले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाए । उनले ड्यानियल पारेजोको पासमा गोल गर्न सफल भएका थिए । ५५औं मिनेटमा मोई गोमेजले गोल गर्दै घरेलुविरुद्ध २–० को जित दिलाए ।

यो जितसँगै भिल्लारियल ३८ खेलबाट ५९ अंक जोडेर सातौ स्थानमा रहँदै अर्काे सिजनको लागि युरोपा कन्फ्रेन्स लिगलाई छनोट भएको छ । पराजित बार्सिलोना ७३ अंक जोडेर दोस्रो स्थानमा रह्यो ।

यस्तै ला लिगाकै अर्काे खेलमा तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई २–१ ले पराजित गरेको छ । एट्लेटिकोको जितमा रोड्रिगो डि पउल र एन्जल कोरेआले गोल गरे । सोसिडाडका जोन गुरिडीले एक गोल फर्काए । सोसिडाड ६२ अंक जोडेर छैटौं स्थानमा रह्यो ।

यस्तै अर्काे खेलमा सेभियाले एथलेटिको बिल्वाओलाई १–० ले पराजित गरेको छ । सेभियाको जितमा ६८औ मिनेटमा राफा मिरले गरेको गोल नै निर्णायक बन्यो । यो जितले सेभिया ७० अंक जोडेर तेस्रो स्थानमा रहँदा बिल्वाओ ५५ अंक जोडेर आठौं स्थानमा रह्यो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.