4 years ago
May 23, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको सिजनको अन्तिम खेलमा घरेलु मैदानमा हार बेहोर्दै सिजनको अन्त्य गरेको छ ।

मिलान घरेलु मैदानमा भिल्लारियलसँग २–० ले पराजित भएको हो । बार्सिलोनाको मैदानमा भिल्लारियलको जितमा अलफन्सो पेडराजा र मोई गोमेजले गोल गरे ।
क्याम्प नोउमा आइतबार राति भएको खेलको ४१औं मिनेटमा अलफन्सो पेडराजाले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाए । उनले ड्यानियल पारेजोको पासमा गोल गर्न सफल भएका थिए । ५५औं मिनेटमा मोई गोमेजले गोल गर्दै घरेलुविरुद्ध २–० को जित दिलाए ।
यो जितसँगै भिल्लारियल ३८ खेलबाट ५९ अंक जोडेर सातौ स्थानमा रहँदै अर्काे सिजनको लागि युरोपा कन्फ्रेन्स लिगलाई छनोट भएको छ । पराजित बार्सिलोना ७३ अंक जोडेर दोस्रो स्थानमा रह्यो ।

यस्तै ला लिगाकै अर्काे खेलमा तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले रियल सोसिडाडलाई २–१ ले पराजित गरेको छ । एट्लेटिकोको जितमा रोड्रिगो डि पउल र एन्जल कोरेआले गोल गरे । सोसिडाडका जोन गुरिडीले एक गोल फर्काए । सोसिडाड ६२ अंक जोडेर छैटौं स्थानमा रह्यो ।
यस्तै अर्काे खेलमा सेभियाले एथलेटिको बिल्वाओलाई १–० ले पराजित गरेको छ । सेभियाको जितमा ६८औ मिनेटमा राफा मिरले गरेको गोल नै निर्णायक बन्यो । यो जितले सेभिया ७० अंक जोडेर तेस्रो स्थानमा रहँदा बिल्वाओ ५५ अंक जोडेर आठौं स्थानमा रह्यो ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]