9 years ago
December 10, 2016
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्नबाट बञ्चित हुनु परेको घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को गैरजिम्मेवारीका एएफसी कप खेल्न नपाउने भएपछि थ्री स्टारले यो मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सरोकारवालामा निकायमा अपिल गर्ने योजना बनाएको छ । त्यहि विषयमा छलफल गर्न थ्री स्टारले आइतबार कार्यसमितिको बैठक डाकेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले पटक पटक एएफसी कपमा क्लब दर्ता गर्न पत्राचार गरेपनि एन्फाले नत पत्रको जवाफ लेख्यो न त्यस विषयमा थ्री स्टारलाई खबर गर्यो । जसको परिणाम स्वरुप नेपाल (थ्री स्टार) को नाम सहभागि टोलीबाट एएफसीले हटायो । जसको ठाँउमा समूह चरणमा थ्री स्टारपछि दोस्रो भएको मंगोलियाको इर्चिमलाई समावेश गर्यो ।
पहिलो चरण छनोट हुने क्रममा ६० लाख रुपैयाँ भन्दा बढी खर्च गरेको थ्री स्टारले पटक पटक ताकेता गर्दा पनि गम्भिरतापूर्वक नलिएको एन्फाले अहिले समय वितेपछि भने छानविनका लागि भन्दै उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा समिति गठन गरेको छ । जसबाट न्याय पाउनेमा थ्री स्टार पदाधिकारी आशावादी छैनन् । क्लबले बैठकमा देश भित्र युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी तथा अन्तर्राष्ट्रियस्तरमा फिफा एएफसीलाई एन्फाको गैरजिम्मेवारी कदमको जानकारी दिने र क्षतिपूर्ति माग गर्ने विषयमा छलफल गर्ने बुझिएको छ ।
एएफसी कप खेल्न नपाउने समाचार सार्वजनिक भएपछि थ्री स्टारले एन्फासँग जवाफ माग गरेको थियो । एन्फाले जवाफमा शनिबार पत्र पठाएर सचिवालयको त्रुटि भएको स्वीकार्दै एन्फाले थ्री स्टारसँग माफी माग्दै पत्र पठाएको छ । एन्फाले छानविन समिति गठन गरिएको र दोषीमाथि कारवाही गर्ने पत्रमा उल्लेख गरेको छ ।
एन्फाले थ्री स्टारलाई पठाएको पत्र

December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]