default_image

9 years ago

December 11, 2016

नेपाल डनबस्को र सेन्ट जेभियर जावलाखेल फाइनलमा भिड्ने

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल डनबस्को स्कुल ललितपुर र सेन्ट जेभियर्स स्कुल जावलाखेल २१ औं फादर मोरान स्मृती आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आइतबार भएको सेमिफाइलनमा नेपाल डनबस्कोले क्रिसेन्ट एकेडेमी ईङ्गिलस स्कुललाई टाईब्रेकरमा ५–४ ले र सेन्ट जेभियर्स स्कुल जावलाखेलले आयोजकलाई सेन्ट जेभियर्स गोदावरी रातोलाई २–१ ले हराउँदै एक अर्कासँगको भेट पक्का गरेका थिए ।

sj
नेपाल टेलिकमको प्रायोजना तथा गोदावरी एल्मुनाई एशोसियसनको सहयोगमा भएको प्रतियोगिताको सेमिफाइनलमा नेपाल डनस्को र क्रिसेन्ट एकेडेमीबीचको निर्धारित समय १–१ बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो । निर्धारित समयमा डनबस्कोका निश्चल के.सी.ले र क्रिसेन्टका लागि शोभाकर रोकायाले गोल गरे । डनबस्कोका निश्चल के.सी. प्लेयर अफ दि म्याच घोषित भए ।
सेन्ट जेभियर्सका लागि निशान्त थापा मगर र कृतिज्ञ पाण्डेले गोल गरे । टोलीका लागिसुप्रिम सिलवाले गोल गरे । जेभियर्स जावलाखेलका मनिष चौलागाई प्लेयर अफ दि म्याच घोषित भए । फाइनल सोमबार हुनेछ भने त्यसअघि सेमिफाइनलमा पराजित टोलीबीचका लागि तेस्रो स्थानको प्रतिस्पर्धा हुनेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.