4 years ago
June 3, 2022
काठमाडौं (हाम्रो खेलुकुद) – ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

क्लबका महासचिव नरेन्द्रमान श्रेष्ठले जारी गरेको विज्ञप्तिमा एनआरटीले आसन्न ए डिभिजन लिगलाई लक्षित गर्दै ‘प्रि–सिजन’ मा मलेसियाको पेनाङमा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्ने उल्लेख गरेको छ ।
यो प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पदबहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा हुन लागेको हो । २८ जुनदेखी २ जुलाईसम्म हुने प्रतियोगितामा एनआरटीसहित मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेश प्रिमियर लिगको क्लब मुक्तिजोधा सङसद केसीले प्रतिस्पर्धा गर्नेछन् ।
२० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।
एनआरटीले उक्त प्रतियोगितालाई लक्षित गर्दै खेलाडी अनुबन्ध प्रक्रिया थालिसकेको र केही दिनमै प्रशिक्षण शुरु गरिने जनाएको छ । एनआरटीले मलेसिया जानुअघि नेपालमै केही अभ्यास खेल पनि खेल्ने तयारी गरेको छ । क्लबले दक्षिण पूर्वी एसियाको अन्य क्लबहरुसँग मैत्रीपूर्ण खेल खेल्ने योजना बनाएको छ ।
वि.स. १९९१ मा स्थापना भएको एनआरटीले हालसम्म पाँचपटक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेको छ । गत फागुनमा सम्पन्न लिगमा एनआरटी तेस्रो भएर सिजनको अन्त्य गरेको थियो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]