9 years ago
December 13, 2016
पेरिस(एजेन्सी)- गए राती भएको बालोन डि ओर अवार्ड समारोहमा क्रिस्टियानो रोनाल्डो यस बर्षको सर्तोत्कृष्ट खेलाडी चुनिएका थिए । यसपटक अवार्ड जित्ने क्रममा रोनाल्डोले मेस्सी र एट्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यानलाई पछि पारेका थिए ।
यसअघि अवार्ड समारोह फिफाको मुख्यालय स्विट्रल्यान्डको जुरिचमा हुने गरेको थियो । तर, फ्रान्स फुटबल म्यागेजिनले प्रतिष्ठित अवार्डका लागि फिफासँगको सहकार्य तोडेको थियो । ६१ औं गोल्डेन बल अवार्डमा यसपटक पत्रकारहरुले मात्र निर्णय गरेका थिए । यसअघि पत्रकारसँगै फुटबलर र प्रशिक्षकबाट पनि भोट दिइने गरिन्थ्यो । फिफासँग सहकार्य तोडेपछि यसपटक अवार्ड फ्रान्सको पेरिसमा आयोजना भएको थियो ।
हेरौ संसारभरिका पत्रकारहरुले दिएको मतका आधारमा बनाईएको उत्कृष्ट १०खेलाडिको नाम:

१. क्रिस्टियानो रोनाल्डो
२. लिओनल मेस्सी
३. एन्टोईन ग्रिजम्यान
४. लुइस सुआरेज
५. नेईमार
६. गारेथ बेल
७. रियाद महारेज
८. जेमी भार्डी
९. पेपे
१०. जियानलुइजि बुफोन
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]