default_image

3 years ago

June 14, 2022

एन्फा निर्वाचन – फ्रेन्ड्स, सरस्वती र महिला समितिले मत हाल्न पाउने

275 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्ड्स र सरस्वती युथ क्लबसँगै महिला समितिले आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि मताधिकार फिर्ता पाएका छन् ।

यसअघि एन्फा निर्वाचन समितिले चार मतदाताको मताधिकार वञ्चित गरेको थियो । तर पुनरावेदन समितिको सोमबार बसेको बैठकले पुनरावेदन गरेका चारमध्ये फ्रेन्ड्स, सरस्वती र एन्फा महिला संघलाई मताधिकार दिने निर्णय गरेको हो ।

निर्वाचन समितिले निर्णय गरेबमोजिम नै सिराहा जिल्लाको मताधिकार पुनरावेदन भने बदर भएको छ । समितिले सिराहा जिल्लाका प्रविणकुमार यादवको नाम मतदाता नामावलीबाट हटाउने गरी भएको निर्णय मिलेको देखिएको उल्लेख गर्दै सदर हुने ठहर गरेको छ ।

निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशनमा गर्ने क्रममा महिला संघ, सरस्वती क्लब, फ्रेन्ड्स क्लब र सिरहा जिल्लाको मताधिकार बदर हुने निर्णय गरेको थियो । त्यस निर्णयविरुद्ध चारै जनाले पुनरावेदन समितिमा निवेदन दिएका थिए ।

सिन्धुली जिल्लाले पनि मताधिकार पाउनु पर्ने दावी गर्दै अपिल गरेको थियो । तर एन्फाको निर्देशन र पुनरावेदन साथ पेस भएको कागज हेर्दा निर्देशन पालना नगरी आफू खुशी प्रतिनिधि छनोट गरेको र पुनरावेदकको जिकिर नपुग्ने पुनरावेदन समितिले उक्त अपिल निमलेको भन्दै मताधिकार नदिने निर्णय गरेको छ ।

निर्वाचन समितिले बदर गरेको चारै मत कर्माछिरिङ शेर्पा पक्षका थिए । तीन मताधिकार फिर्ता भएसँगै शेर्पा पक्षलाई केही राहत मिलेको छ ।

एन्फाको निर्वाचनका लागि वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । राजीव राज पौड्यालले पनि प्यानल विना नै अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.