default_image

9 years ago

December 14, 2016

आर्सनलको हारले चेल्सीलाई फाइदा 

165 views

0 Bookmark

एभर्टन (एजेन्सी)– एस्ले विलियम्सले एभर्टनका लागि पहिलो गोल गरेपछि टोलीले प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनललाई २–१ ले पराजित गरेको छ । अर्को खेलमा साविक विजेता लेस्टरले हार बेहोरेको छ ।
epl
लिगका पछिल्ला पाँच खेलमा जित हासिल गर्न सकेको एभर्टन गए राती भएको खेलमा २० औं मिनेटमा पछि परेको थियो । आर्सनलका लागि एलेक्स सान्चेजले फ्रिकिकमा गोल गरेका थिए । उनको प्रहार विलियम्समा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । तर, घरेलु टोलीले पहिलो हाफको अन्त्यतिर खेललाई बराबरीमा पुर्याएको थियो । सिमुस कोलेमनले लेइगटोन बेन्सको क्रसमा हेड गोल गरेका थिए । डोमिनिक काल्र्भेट लिविनले डेब्यू गरेको खेलमा एभर्टनले सफल नतिजा निकालेको थियो ।
विलियम्सले खेल सकिन ४ मिनेट बाँकी रहँदा विजयी गोल गर्नुअघि आर्सनलले गोल थप्ने अवसर चुकाएको थियो । रोस बार्केलेको प्रहार पोस्ट नजिकबाट बाहिरिदा फिल जागिल्काको आक्रमणलाई गोलकिपर पिटर चेकले जोगाएका थिए । जागिल्काले अन्तिम मिनेटमा दोहोरो पहेलो कार्ड पाउँदै मैदान छोडेपछि एभर्टनले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो ।
प्रिमियर लिगमा आर्सनलले दोस्रो हार बेहोरेपछि शीर्षस्थानको चेल्सीसँग अंक दुरी अझै बढ्ने सम्भावना बनेको छ । १५ खेलमा चेल्सीको ३७ अंक छ भने एक खेल बढीमा आर्सनलको ३४ अंक छ । २३ अंकसहित एभर्टन सातौं स्थानमा छ ।
epl1
सिजनमा पहिलो रोजाइमा परेको खेलमै मार्क पुगले गोल गरेपछि ब्रोनमाउथ साविक विजेता लेस्टर सिटीलाई हराउन सफल भएको हो । उनले ३४ औं मिनेटमा गरेको गोल नै टोलीको जितका लागि पर्याप्त रह्यो । लेस्टर १६ अंकसहित १४ औं स्थान छ । २१ अंक जोडेको ब्रोनमाउथ आठौं स्थानमा छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.