3 years ago
June 22, 2022
एजेन्सी – इंग्लिस क्लब लिभरपुलले जापानिज मिडफिल्डर ताकुमी मिनामिनोलाई फ्रान्सेली क्लब मोनाकोमा बेच्न सहमत भएको छ । लिभरपुलले मिनामिनोलाई १५.५ मिलियन पाउण्डमा मोनाकोमा बेच्न सहमत भएको हो ।

मोनाको २७ वर्षीय मिनामिनोको चासो राख्ने मध्येको एक क्लब हो । मिनामिनो २०२० मा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट ७.२५ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध भएका थिए । सम्झौता अनुसार मिनामिनोले १२.९ मिलियन पाउन्ड पारिश्रमिक र २.६ मिलियन युरो एडअनबाट प्राप्त गर्नेछ ।
लिभरपुलका लागि ५५ खेल खेलेका मिनामिनोले १४ गोल गरेका छन् । गत सिजन इंग्ल्यान्डको घरेलु कपमा उनी सर्वाधिक गोलकर्ता बनेका थिए । लिभरपुलले एफए कप र लिग कप जित्दा मिनामिनोले ७ गोल गरेका थिए । यद्यपि, लिभरपुल म्यानचेस्टर सिटीभन्दा एक अंक पछाडि पर्दै प्रिमियर लिग जित्नबाट वञ्चित रह्यो ।
उनले प्रिमियर लिगमा एक पटक पहिलो रोजाईसहित ११ खेलमा मात्रै मौका पाए । मिनामिनोले केही समय अर्काे इंग्लिस टोली साउथह्याम्टनमा लोनमा खेलेका थिए । लोन अवधि सकाएर उनी लिभरपुलमा फर्किएका थिए । त्यसपछि उनले लिभरपुलका लागि १० खेलमा अवसर पाए ।
सेनेगलका फरवार्ड साडियो माने पनि लिभरपुल छाड्ने नजिक छन् । लिभरपुलले मानेका लागि ३५.१ मिलियन पाउन्डमा बायर्न म्युनिखका लागि सहमति जनाइसकेको छ । लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकाबाट उरुग्वेली फरवार्ड ६४ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ ।
यस्तै फरवार्ड फाबियो कार्भाल्होलाई ५ मिलियन पाउन्डमा तथा एबरडीनका १८ वर्षीय फुलब्याक क्याल्भिन रामसेलाई ४.२ मिलियन पाउण्डमा अनुबन्ध गरिसकेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]