default_image

3 years ago

July 3, 2022

रोमाका मिडफिल्डर इन्टरमा अनुबन्धित

197 views

0 Bookmark

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी एएस रोमाका मिडफिल्डर हेनरिक मिखटरयान इन्टर मिलानमा अनुबन्धित भएका छन् । उनी फ्रि ट्रान्सफरमा इन्टरमा अनुबन्धित भएका हुन् ।

३३ वर्षीय मिडफिल्डर हेनरिकको रोमामा सम्झौता यो सिजनको अन्त्यसँगै सकिएको थियो । क्लबले सम्झौताको कुनै चासो नदेखाएपछि उनी इन्टरमा पुगेका हुन् ।

उनी इन्टर मिलानबाट खेल्ने पहिलो अर्मनियाली खेलाडी बन्नेछन् । हेनरिकले रोमामा एक सिजन लोनसहित ३ वर्ष बिताएका छन् । उनले रोमाका लागि ११७ खेलमा २९ गोल गरेका छन् ।

अर्मेनियन क्लब पायोनिकबाट व्यवसायिक खेल करिअर सुरु गरेका हेनरिकले दुई सिजन युक्रेनी क्लब मेटारलर डोनेट्स्कमा बिताए । त्यसपछि उनले अर्काे युक्रेनी क्लब साख्तर डोनेट्स्कमा बिताए । त्यसपछि उनले जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमुन्ड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलमा व्यवसायिक खेल खेले ।

‘यस्तो महान क्लबमा सामेल हुन पाँउदा धेरै खुशी छु ।’ मिखटरयनले ट्वीट गरे, ‘मेरो सक्दो प्रयास गर्नेछु र टोलीलाई हाम्रो लक्ष्यहरु प्राप्त मेरो सबै सहयोग रहनेछ ।’

इन्टरको नयाँ सिजनमा यो चौथो अनुबन्ध हो । यसअघि इन्टरले चेल्सीबाट फरवार्ड रोमेलु लुकाकु, आयाक्सबाट गोलरक्षक आन्द्रे ओनाना, इम्पोलीबाट मिडफिल्डर क्रिस्टजन अस्लानी अनुबन्ध गरिसकेका छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.