3 years ago
July 3, 2022
एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले आकर्षक प्रस्ताव आएको खण्डमा म्यानचेस्टर युनाइटेड छाड्ने चाहना व्यक्त गरेका छन् ।

३७ वर्षीय पोर्चुगल फरवार्ड गत समरमा इटालियन क्लब युभेन्टसबाट ओल्ड ट्राफोर्ड फर्किएका थिए । उनी गत सिजन युनाइटेडको शीर्ष तथा समग्रमा तेस्रो सर्वाधिक गोलकर्ता बनेका थिए ।
युनाइटेड प्रिमियर लिगमा छैटौं स्थानमा रहँदा च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि रोनाल्डोको भविष्यबारे अड्कलबाजी गर्न थालिएको थियो । युनाइटेडमा रोनाल्डोको सम्झौता अझै एक वर्ष र अर्काे वैकल्पिक एक वर्ष पनि बाँकी छ ।
पाँच पटकको बालोन डी’ओर विजेताको चाहना युरोपको शीर्ष लिग खेल्नेछ । च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता (१४०) रहेका रोनाल्डोको चाहना युरोपा लिग खेल्ने छैन । रियल म्याड्रिडका पूर्व फरवार्ड युनाइटेडलाई सम्मान गर्छ तर उसले आफ्नो करिअरको अन्तिम चरणमा प्रवेश गर्दा उनी च्याम्पियन्स लिग खेल्न चाहन्छन् ।
युनाइटेड पनि रोनाल्डोलाई बिक्री गर्ने पक्षमा छैन । युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डो आफ्नो योजनाको हिस्सा भएको बताएका छन् ।
गत सिजन युनाइटेडबाट सबैखाले प्रतियोगितामा गरेर २४ गोल गरेका रोनाल्डोले अझै शीर्ष लिगमा कम्तीमा तीन वर्ष खेल्न सक्ने द टाइम्सले उल्लेख छ । पछिल्लो समय रोनाल्डोको नाम चेल्सी र बायर्न म्युनिखसँग जोडिएको छ ।
टेन ह्यागले रोनाल्डोसँग जोडिन उत्सुक रहेको बताएपनि फरवार्डको खेल्ने शैली डचम्यानसँग मिल्छ भन्ने स्पष्ट छैन । रोनाल्डो प्रिमियर लिगमा सबैभन्दा धेरै कमाउने खेलाडी हुन् र उनको बाहिरिनुले युनाइटेडको समर ट्रान्सफर बजेटमा थप अवसर सिर्जना गर्नेछ ।
यसका बावजुत रोनाल्डो यसै साता प्रि–सिजन प्रशिक्षणका लागि क्लबमा फर्कने तयारीमा छन् । उनी थाइल्याण्ड र अष्ट्रेलियाको प्रि–सिजन भ्रमणमा हुने सम्भावना छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]