3 years ago
July 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर रोहित चन्दले ब्राजिल तथा विश्व फुटबलका हस्ती रोनाल्डिन्होसँग खेल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएका छन् ।

आइतबार आफ्नो फेसबुक एकाउन्टमार्फत रोनाल्डिन्होसँगको फोटो सेयर गर्दै उनले उक्त कुरा व्यक्त गरेका हुन् ।इण्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका रोहितले लेखेका छन्, ‘विश्व फुटबलका महान् हस्ती रोनाल्डिन्हो सरसँग मैदान शेयर गर्न पाउनु मेरा लागि एक अद्भुत अनुभव रह्यो जीवनमा उहाँसँग भेट होला, एकै मैदानमा खेल्न पाउला भनेर कल्पना पनि गरेको थिइन् । रोनाल्डिन्होको जाँदु भरिएको खेल हेर्दै हुर्किएको मेरो लागि अहिले उहाँसँग मैदान शेयर गर्नु ठुलो अनुभज र आशिषको कुरा हो ।’
रोहित लामो समयदेखि इन्डोनेसियामा व्यवसायिक फुटबल खेल्दै आइरहेका छन् । उनी यस सिजन पेर्सिक केडिरी एफसीमा आबद्ध भएका छन् । गत साता रोहित सम्मिलित पेर्सिकले ट्रोफियो रोनाल्डिन्हो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । मालाङस्थित कान्जुरुहान स्टेडियममा भएको मैत्रीपूर्ण प्रतियोगितामा आफ्नो दुई खेलमा नै सफलता हात पार्दै पेर्सिकले उपाधि जित्न सफल भएको थियो ।

पेर्सिकले पहिलो खेलमा ब्राजिली लेजेन्ड रोनाल्डिन्होसम्मिलित रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा ४–२ ले तथा दोस्रो खेलमा एरेमा एफसीलाई टाइब्रेकरमै ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
नेपाली मिडफिल्डर रोहितले रेन्स नुसनतारा एफसीविरुद्ध पहिलो रोजाईमा खेलेका थिए । उनले विश्व चर्चिच ब्राजिली लेजेन्ड रोनाल्डिन्होविरुद्ध पहिलो रोजाईमै खेल्ने मौका पाएका थिए ।
चर्चित इन्डोनेसियन सेलिब्रिटी गायक तथा टिभी पर्सनलिटी रफी अहमद र रुडी सलिमको स्वामित्वमा रहेको रेन्स नुसनतारा एफसी यसै सिजन इन्डोनेसियाको दोस्रो डिभिजन लिग टुबाट शीर्ष डिभिजनमा बढुवा भएपछि क्लबका मालिकद्धयले आफ्ना समर्थकहरुलाई सरप्राईज दिने लक्ष्यसहित गत मार्चको अन्तिमतिर बालोन डि’ओरसँगै ब्राजिलका लागि विश्वकप, कोपा अमेरिका कपसँगै क्लब फुटबलबाट थुप्रै उपाधि जितिसकेका लेजेन्ड रोनाल्डिन्होलाई इन्डोनेसियामा फुटबल खेल्न बोलाउने वाचा गरेका थिए ।

त्यही वाचाअनुसार रोनाल्डिन्हो रेन्स नुसनतारा एफसीबाट एक खेल खेल्न सहमत भएको हो । ४२ वर्षीय रोनाल्डिन्होले क्लब फुटबलमा बार्सिलोना, पिएसजी र एसी मिलान जस्ता चर्चित क्लबबाट व्यवसायिक खेल पस्कदै आफ्नो कला देखाइसकेका छन् ।

December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]