default_image

3 years ago

July 5, 2022

ब्राजिली फरवार्डद्धारा रियलमा सम्झौता नविकरण

232 views

0 Bookmark

एजेन्सी – ब्राजिली युवा विंगर फरवार्ड रोड्रिगो गोएसले स्पेनिस महारथी रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । ब्राजिलियन फरवार्डले रियलसँग नयाँ दीर्घकालीन अर्थात सन् २०२८ सम्म सम्झौता गरेका हुन् ।

सन् २०१९ मा रियलमा आबद्ध भएका रोड्रिगोले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । रियलमा रोड्रिगोको सम्झौता २०२५ सम्म रहेको थियो । लगातारको उच्च प्रदर्शनसँगै रियलले रोड्रिगोलाई दीर्घकालीन रुपमै क्लबमा राख्न सहमत भएको हो ।

गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा उनले महत्वपूर्ण भुमिका निभाउँदा गोल पनि गरेका थिए । उनले क्वाटरफाइनलमा चेल्सीविरुद्ध र सेमिफाइनलमा चेल्सीविरुद्ध महत्वपूर्ण गोल गरेका थिए ।

रियलले रोड्रिगोको सम्झौता विस्तार गर्दा तलव वृद्धिसँगै १ विलियन युरो रिलिज क्लज राखिएको छ । रोड्रिगोलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लबले चासो देखाइरहेपनि रियलले आफ्ना युवा स्टारलाई क्लबमै राखेको हो ।

रियलले रोड्रिगोललाई ब्राजिली क्लब सान्तोषबाट २०१९ मा ४५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको थियो । सुरुवाती सिजनमा उनी रियलको रिजर्भ टोलीमा रहेका थिए । त्यहाँ उच्च प्रदर्शन गरेपनि उनी सिनियर टोलीमा रहँदै आएका छन् ।

विरलै अवसर पाएका २१ वर्षीय रोड्रिगोले पछिल्लो समय पाएको अवसरलाई भरपुर सदुपयोग गर्दै क्लबको मन जित्न सफल भएका छन् । रियलबाट रोड्रिगोले तीन सिजनमा १०८ खेल खेल्दा १८ गोल गरेका छन् ।

उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका रोड्रिगो २०१९ देखि ब्राजिलको टोलीमा रहेका छन् । उनले ब्राजिलबाट ५ क्याप जित्दा एक गोल गरेका छन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.