default_image

3 years ago

July 5, 2022

ब्राजिली फरवार्डद्धारा रियलमा सम्झौता नविकरण

229 views

0 Bookmark

एजेन्सी – ब्राजिली युवा विंगर फरवार्ड रोड्रिगो गोएसले स्पेनिस महारथी रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । ब्राजिलियन फरवार्डले रियलसँग नयाँ दीर्घकालीन अर्थात सन् २०२८ सम्म सम्झौता गरेका हुन् ।

सन् २०१९ मा रियलमा आबद्ध भएका रोड्रिगोले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । रियलमा रोड्रिगोको सम्झौता २०२५ सम्म रहेको थियो । लगातारको उच्च प्रदर्शनसँगै रियलले रोड्रिगोलाई दीर्घकालीन रुपमै क्लबमा राख्न सहमत भएको हो ।

गत सिजन रियलले च्याम्पियन्स लिग जित्दा उनले महत्वपूर्ण भुमिका निभाउँदा गोल पनि गरेका थिए । उनले क्वाटरफाइनलमा चेल्सीविरुद्ध र सेमिफाइनलमा चेल्सीविरुद्ध महत्वपूर्ण गोल गरेका थिए ।

रियलले रोड्रिगोको सम्झौता विस्तार गर्दा तलव वृद्धिसँगै १ विलियन युरो रिलिज क्लज राखिएको छ । रोड्रिगोलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लबले चासो देखाइरहेपनि रियलले आफ्ना युवा स्टारलाई क्लबमै राखेको हो ।

रियलले रोड्रिगोललाई ब्राजिली क्लब सान्तोषबाट २०१९ मा ४५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको थियो । सुरुवाती सिजनमा उनी रियलको रिजर्भ टोलीमा रहेका थिए । त्यहाँ उच्च प्रदर्शन गरेपनि उनी सिनियर टोलीमा रहँदै आएका छन् ।

विरलै अवसर पाएका २१ वर्षीय रोड्रिगोले पछिल्लो समय पाएको अवसरलाई भरपुर सदुपयोग गर्दै क्लबको मन जित्न सफल भएका छन् । रियलबाट रोड्रिगोले तीन सिजनमा १०८ खेल खेल्दा १८ गोल गरेका छन् ।

उमेर समूह हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका रोड्रिगो २०१९ देखि ब्राजिलको टोलीमा रहेका छन् । उनले ब्राजिलबाट ५ क्याप जित्दा एक गोल गरेका छन् ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.