9 years ago
December 15, 2016
मिडल्सब्रो (एजेन्सी)– एडम लालानाले दुई गोल गर्नुका साथै अर्को गोलका लागि भूमिका निभाएपछि लिभपरपुलले प्रिमियर लिगमा बुधबार मिडल्सब्रोलाई ३–० ले हराएको छ । जितपछि लिभरपुल गोलअन्तरमा आर्सनललाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ । दुवैको समान ३४ अंक छ भने शीर्षस्थानको चेल्सीको ४० अंक पुगेको छ ।

चेल्सीले अर्को खेलमा सन्डरल्यान्डमाथि १–० को जित हासिल गरेको थियोे । २९ औं मिनेटमा नाथालियन क्लेनीको क्रसमा मिडफिल्डर लालानाले हेडमार्फत गोल गरे । लालानाको पासमा डिभोक ओरिगीले ६० औं मिनेटमा गोल गरे । ओरिगीले लगातार पाँचौं खेलमा टोलीका लागि गोल गरेका हुन् । त्यसको आठ मिनेटपछि ओरिगीको पासमा लालानाले नजिकबाट गोल गरेका थिए ।
लिगका अन्य खेलमा म्यानचेस्टर सिटी, टोटेनह्याम, म्यानचेस्टर युनाइटेड जस्ता शीर्ष टोली पनि विजयी भएका छन् । त्यस्तै वेस्ट ह्याम युनाइटेड र वेस्ट ब्रुमविचले पनि जित निकालेका छन् भने स्टोक र साउथ ह्याम्टनले बराबरी खेलेका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]