3 years ago
July 27, 2022
एजेन्सी – सर्वाधिक सात पटकको च्याम्पियन ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको छ ।

पाराग्वेलाई २–० ले पराजित गर्दै ब्राजिल लगातार नवौं सिजन फाइनलमा प्रवेश गरेको हो । कोलम्वियास्थित स्टेडियो अलफन्सो लोपेजमा बुधबार बिहान भएको सेमिफाइनलमा ब्राजिलको जितमा एरी बोर्गेस र वियट्रिज जेनराटो जोआओले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको १६औं मिनेटमा एरी बोर्गेसको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिएको थियो । उनले वियट्रिज जेनराटो जोआओको पासमा गोल गर्न सफल भएकी थिइन् । २८औं मिनेटमा वियट्रिज जेनराटो जोआओले एन्टोनियाको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारिन् ।
दोस्रो हाफमा पनि ब्राजिलले पाराग्वेलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा ब्राजिल विजयी हुन सफल भयो । योसँगै ब्राजिल सबै ९ संस्करणको फाइनलमा पुग्न सफल भएको छ ।
अब ब्राजिलले उपाधिका लागि घरेलु टोली कोलम्वियासँग साउन १४ गते राति प्रतिस्पर्धा गर्नेछ । दुई पटक फाइनलमा पुगेको कोलम्वियाले एक पटकको च्याम्पियन अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल ३० जुलाईमा हुनेछ ।
सन् १९९१ देखि ब्राजिलबाट सुरु भएको कोपा अमेरिका फेमेनिनाको नवौं संस्करण जारी रहँदा ब्राजिलले सर्वाधिक सात पटक उपाधि जितेको छ । ब्राजिल २००६ मा अर्जेन्टिनासँग २–० ले पराजित हुँदै पहिलो पटक उपाधिबाट विमुख बनेको थियो । त्यसअघिको चार संस्करण र त्यसयताको सबै तीन संस्करणमा ब्राजिल च्याम्पियन बनेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]