9 years ago
December 17, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुनु ६ दिनअघि नै यस अन्तर्गतको महिला फुटबल भने सुरु भएको छ । पुस ११ गते देखि भारतको सिलगुढीमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाली टोलीको सहभागिता रहने भएकोले सातौंको महिला फुटबल अगाडिबाटै सुरु गरिएको हो ।

सुनसरीको दुहबी रंगशालामा भएको उद्घाटन खेलमा शनिबार एपिएफ क्लबले विजयी भएको छ । समूह ‘क’ को उक्त लिग खेलमा एपिएफले पश्चिमाञ्चललाई ३–० ले हरायो । समूह ‘ख’ को खेलमा पूर्वाञ्चल र मध्यमाञ्चलले गोलरहित बराबरी खेले ।
पहिलो हाफमा कप्तान लक्ष्मी पौडेलले दुई गोल गरिन् भने अर्को गोल अनिता केसीले दोस्रो हाफमा गरिन् । लक्ष्मीले १२ औं र २२ औं मिनेटमा अर्को गोल गरिन् । ७० मिनेट खेलाइएको खेलको ५५ औं मिनेटमा अनिताले गोल गरे । प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय गरि आठ टोलीको सहभागिता रहेको छ । दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा भइरहेको छ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुगग्नेछन् ।
समूह ‘क’ मा पश्चिमाञ्चल र एपीएफसहित सुदूरपश्चिमाञ्चल र प्रहरी छन् । त्यस्तै समूह ‘ख’ मा पूर्वाञ्चल र मध्यमाञ्चल तथा मध्यपश्चिमाञ्चल र सेना रहेका छन् । महिला फुटबल पुस ९ गते नै समाप्त हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगिताको उद्घााटन गरे । सातौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन पुस ८ गते हुने भएपनि महिला फुटबल शनिबारैदेखि सुरु भएको हो । यसअघि सातौं राष्ट्रियअन्तर्गत पौडी, शारीरिक सुगठन र ट्रायथलन सम्पन्न भइसकेको छ । एथलेटिक्सको पनि म्याराथन भइसकेको छ ।
सातौं राष्ट्रिय खेलकुदमा आइतबार महिला फुटबल
सुदूरपश्चिमाञ्चलविरुद्ध नेपाल प्रहरी क्लब
मध्यपश्चिमाञ्चलविरुद्ध नेपाली सेना
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]