default_image

3 years ago

August 10, 2022

गोकुलमको जितमा सावित्राको ५ गोल

302 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बाले उच्च प्रदर्शनबाट प्रेरित गोकुलम केरेला एफसीले भारतको केरेला महिला लिगमा सानदार सुरुवात गरेको छ । बुधबार गोकुलमले करेला युनाइटेड एफसीलाई १–० ले हराउँदा सावित्राले ५ गोल गरेकी थिइन् । उनले दुई गोलमा एसिस्ट पनि गरिन् ।

२७ मिनेटमा ह्याट्रिक पूरा गरेकी सावित्राले पहिलो हाफमा ४ गोल गरिन् । केरेलाविरुद्ध गोकुलमले पहिलो हाफमै ६–० को अग्रता लिएको थियो। सावित्राले टोलीको लागि पहिलो, तेस्रो र चौथो, पाँचौं र आठौं गोल गरेकी थिइन् । सन्धियाले २ गोल, कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान १ गोल गरे । सावित्रा प्लेयर अफ दी म्याच चुनिएकी चुनिइन् ।

तेस्रो मिनेटमा गोलको खाता खोलेकी सावित्राले छैटौं मिनेट व्यक्तिगत दोस्रो र २७ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले व्यक्तिगत चौथो गोल ३५ औं मिनेटमा गरेकी थिइन् । ५६ औं मिनेटमा उनले अर्को गोल गरेकी थिइन् ।

गोकुलम केरेला लिगसँगै महिला आइ लिग च्याम्पियन पनि हो । अर्को महिना गोकुलमले एएफसी क्लब च्याम्प्यिनसिप खेल्ने छ । त्यसैका लागि सावित्रा गत साता भारत गएकी थिइन् । दुई वर्ष अघि पनि गोलकुलमबाट खेल्दै टोलीलाई आइ लिग च्याम्पियन बनाएकी थिइन् । उनले त्यति बेला १६ गोल गरेकी थिइन् ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.