3 years ago
August 11, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज ११ गते बंगलादेशविरुद्ध दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अलग्गै मुख्य प्रशिक्षणक नियुक्त गर्ने निर्णय गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी कार्यसमितिको दोस्रो बैठकले एक मात्र मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईलाई कार्यवहाक प्रशिक्षक बनाउने निर्णय गरेको एन्फा एक पदाधिकारीले जानकारी दिए ।
अमेरिका बस्दै आएका हुमागाईले एक दशक अघि थ्री स्टार क्लबलाई लिग च्याम्पियन बनाएका थिए । गत वर्ष नेपाल सुपर लिग (एनएसएल) मा उनले ललितपुर सिटी एफसी क्लबको कमान सम्हालेका थिए । एनएसएलमा खराब सुरुवात गरेपछि ललितपुरले उनलाई बर्खास्त गरेको थियो ।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले २६ खेलाडीलाई डाक्नका लागि एन्फालाई पत्राचार गरेको अवस्थामा एन्फाले हुमागाईंर्ला नियुक्त गरेको छ । जेठमा कुवेतमा राष्ट्रिय टोलीले एसियन कप छनोट खेलेयता अल्मुताइरी नेपाल फर्केका छैनन् । हुमागाई एएफसी ए लाइसन्स प्राप्त प्रशिक्षक हुन् । फिफा र एफसीको प्रतियोगिताका लागि भने राष्ट्रिय टोलीको प्रशिक्षण प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले नै गर्नुपर्ने हुन्छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]