3 years ago
August 12, 2022
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यस समरमा अनुबन्ध गरेका खेलाडीमध्ये दुई खेलाडी दर्ता हुन समस्या देखिएको छ । क्लबको आर्थिक समस्याका कारण क्लबले अनुबन्ध गरेका ५ खेलाडीमध्ये दुई जनाको भविष्या सिजन सुरु हुनुअगावै अन्यौलमा परेको छ ।

हालकै स्थिति रहे यि दुई खेलाडीले फ्रि ट्रान्सफरमा क्लब छाड्न पाउनेछन् । बार्सिलोनाले सबै नयाँ खेलाडीलाई दर्ता गर्ने प्रयास गरिरहेको छ, तर समस्या सुल्झिन सकेको छैन । स्पेनिस मिडियाले पनि यो निकै कठिन रहेको बताएका छन् ।
बार्सिलोनाले नयाँ खेलाडीमध्ये डिफेन्डरद्धय जुल्स कुन्डे, आन्द्रेस क्रिस्टेन्सेन र मिडफिल्डर फ्रान्क केसीमध्ये एक जनामात्रै दर्ता गर्न पाउने व्यवस्था रहेको छ । यसको अर्थ रोबर्ट लेवान्डोस्की र राफिन्हा दर्तामा समस्या हुनेछैन । बार्सिलोनाले केसीलाई इटालियन क्लब एसी मिलान र क्रिस्टेन्सेनलाई इंग्लिस क्लब चेल्सीबाट फ्रि ट्रान्सफरमा आबद्ध गरेको थियो ।
कुन्डे भने सेभियाबाट महँगो मुल्यमा आबद्ध गरेका खेलाडी हुन् । बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीलाई जर्मन क्लब बायर्न म्युनिखबाट तथा राफिन्हालाई इंग्लिस क्लब लिड्स युनाइटेडबाट आबद्ध गर्दै ला लिगामा दर्ता गरिसकेको छ ।
यि ५ खेलाडी अनुबन्धसँगै बार्सिलोनाले सम्झौता सकिएका विंगर औसमाने डेम्वेलेलाई पनि ला लिगामा दर्ता गर्न सकेको छैन । डेम्वेले र राफिन्हामध्ये एक खेलाडी नलिएको भए बार्सिलोनालाई समस्या आउने थिएन । राफिन्हाको ५८ मिलियन युरो सरुवा मुल्य र डेम्वेलेसँग महँगो सम्झौता नविकरणपछि समस्या बढेको हो । त्यसपछि थप अन्य दुई खेलाडीको समस्या पनि थपिएको हो ।
अब बार्सिलोनाले दर्ता गर्न बाँकी रहेका तीन खेलाडीलाई क्लबमै राख्नका लागि आफ्ना खेलाडी बेचेर र केही खेलाडीको तलवमा भारी कटौती गर्दै ला लिगामा प्रमाणित गर्नुपर्छ । यो समरमा बार्सिलोनाले नयाँ खेलाडीलागि १४० मिलियन युरो गुमाइसकेको छ । यो एकै समरमा ठुलै खर्च हो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]