3 years ago
August 12, 2022
भानु अधिकारी, सुर्खेत
फुटबल प्रशिक्षक तयार पार्ने उद्देश्यका साथ कम्युनिटी कोचिङ कोर्ष कर्णाली राजधानी सुर्खेतमा शुक्रबार सम्पन्न भएको छ ।
अलिख नेपाल फुटबल संघ (एन्फा) को सहयोग र जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा ४ दिनसम्म सञ्चालन भएको कोचिङ कोर्षमा सुर्खेत, जुम्ला, दैलेख, कालिकोट, दाङ, बाँके लगायत साविक मध्य्पश्चिमका गरि ३० प्रशिक्षार्थीको सहभागिता थियो । सञ्जिव सिंह र नवीन महर्जनले उनीहरुलाई प्रशिक्षण दिएका थिए ।
कोचिङ कोर्षको समापनमा एन्फाका केन्द्रिय सदस्य रबिन चन्दले प्रशिक्षणका लागि सुरुवाती चरणको कोर्ष रहेको उल्लेख गर्दै फुटबल खेल विकासका लागि यस्ता प्रशिक्षण आवश्यक रहेको बताए । प्रशिक्षण लिइ सकेपछि प्रशिक्षार्थीले नै आ आफ्नो स्तर उन्नतिका लागि लाग्नुपर्नेमा जोड दिदै कर्णालीमा यस्तो प्रशिक्षण पहिलो पटक भएको बताए । प्रशिक्षक सञ्जिव सिंहले फुटबलमा कर्णालीे प्रदेशको सम्भावना रहेकोले कोचिङ कोर्ष उपलब्धीमुलक हुने विश्वास व्यक्त गरे ।
सैनिक आवासिय महाविद्यालयका प्रिन्सिपल प्रेम बहादुर विश्वकर्माले प्रशिक्षणले खेललाई आकर्षक र प्रभावकारी बनाउने बताए । कोर्षका लागि सैनिक महाविद्यालयको सहयोग रेको थियो । कोचिङ कोषकी सहभागी सुर्खेतकी अस्मिता नेपालीले कोर्षमा प्राविधिकसँगै नेतृत्व क्षमताको पनि विकास भएको जनाउँदै कोर्ष उपलब्धीमुलक भएको बताइन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]