default_image

3 years ago

August 14, 2022

लगातार हारसँगै युनाइटेड अंक तालिकाको पुछारमा

272 views

0 Bookmark

एजेन्सी – नयाँ सिजनको सुरुवाती दुवै खेलमा हार बेहोरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको अंक तालिकाको पुछारमा पुगेको छ । शनिबार ब्रेन्टफर्डको मैदानमा ४-० को हार बेहोरेसँगै युनाइटेड आफ्नो प्रिमियर लिग इतिहासकै खराब सुरुवात गर्न पुगेको हो ।

खेलको दशौं मिनेटमा जोस डा सिल्भाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले गरेको प्रहार गोलरक्षक डेविड डे हेयाको हातबाट फुस्कंदा युनाइटेड पछि परेको थियो । १८ औं मिनेटमा माथिअस जेन्सनले युनाइटेडको अग्रता दोब्बर पारे । उनले युनाइटेडको डिफेन्स र गोलरक्षकबीच समन्वय हुन नसक्दा पेनाल्टी क्षेत्रभित्र दबाब दिँदै गोल गरेका थिए ।

३० औं मिनेटमा बेन मीले गोल गर्दै अग्रता ३-० को बनाए । त्यसको ५ मिनेट नबित्दै काउन्टर अट्याकमा अघि बढेको ब्रेन्टफर्डले ४-० को अग्रता बनायो । आइभन टोनीले सिर्जना गरेको मुभलाई ब्रायन एम्बुएमोले वन भर्सेस वनको स्थितिबाट गोलमा परिणत गरे । दोस्रो हाफमा थप गोल नहुँदा खेल ४-० मै सकियो ।

पहिलो खेलमा ब्राइटनसँग २-१ ले पराजित भएको युनाइटेड निकै दबाबमा रहेको थियो । उक्त खेलमा क्रिस्टियानो रोनाल्डो बेन्चबाट प्रवेश गरेपछि प्रशिक्षक एरिक टेन हागको आलोचना समेत भएको थियो । आजको खेलमा रोनाल्डो सुरुवाती रोजाइमा रहेपनि उनले खासै प्रभाव जमाउन सकेनन् ।

युनाइटेड दुवै खेलमा हार बेहोरेपछि कुनै अंक नजोडी पुछारमा छ । दुई खेलमा ६ गोल खाएको युनाइटेडले १ गोल मात्र गरेको छ । यता ब्रेन्टफर्ड भने ३ खेलमा ४ अंकसाथी तेस्रो स्थानमा उक्लिएको छ ।

शनिबार नै अर्को खेलमा ब्राजिली फरवार्ड गाब्रियल जेससले उत्कृष्ट प्रदर्शन गरेपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गर्यो । जेससले टोलीको चार गोलमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दा आर्सनलले लेस्टर सिटीलाई ४–२ ले पराजित गर्दै नयाँ सिजनमा उत्कृष्ट सुरुवात गरेको हो ।

इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा जेससले दुई तथा ग्रानिट झाका र गाव्रियल मार्टिनेलीले समान एक गोल गरे । लेस्टरले जेम्स म्याडिसनले एक गोल गर्दा अर्को एक गोल उपहार पाएको थियो ।

खेलको २३औं मिनेटमा जेससका गोलबाट आर्सनलले गोलको खाता खोलेको थियो । उनले झाकाको पासमा गोल गर्न सफल भएका थिए । ३५औं मिनेटमा जेससले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

५३औं मिनेटमा विलियन सालिवाले आत्मघाती गोल गरेपछि लेस्टर सिटी खेलमा फर्कने संकेत देखिएको थियो, तर त्यसको दुई मिनेटपछि नै सुरुवाती दुई गोल गरेका जेससको पासमा झाकाले गोल गर्दै आर्सनललाई ३–१ ले अघि बढाए ।

७४औं मिनेटमा जेम्स म्याडिसनले केलिची इहानाचोको पासमा गोल गर्दै खेललाई ३–२ को प्रतिस्पर्धात्मक स्थितिमा ल्याए । ७५औं मिनेटमा जेससकै पासमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४–२ को सानदार जित दिलाए ।

यो जितसँगै आर्सनल दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित लेस्टरको दुई खेलबाट १ अंक छ ।

त्यस्तै म्यानचेस्टर सिटीले लिगको दोस्रो खेलमा बर्नमाउथलाई फराकिलो अन्तरले हरायो । सिटीले घरेलु मैदान इतिहाद रंगशालामा ४-० को जित दर्ता गरेको हो । सिटीका लागि इल्काए गुन्डोगन, केभिन डे ब्रुएन र फिल फोडेनले १-१ गोल गरे । एक गोल भने आत्मघाती गोल रहयो ।

खेलको १९ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए । उनले एर्लिङ हालान्डसँग वन टु पासको मुभपछि पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । ३१ औं मिनेटमा डे ब्रुएनले अग्रता दोब्बर परे । उनले बर्नमाउथको हाफको मध्य भागबाट बल अघि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट आउटसाइड फुटले सुन्दर फिनिस गरे ।

३५ औं मिनेटमा डे ब्रुएनको पासमा फोडेनले चलाखीपूर्ण फिनिस गर्दै ३-० को अग्रता दिलाए । दोस्रो हाफको ७९ औं मिनेट जोआओ क्यान्सेलोको शक्तिशाली क्रस जेफर्सन लर्मालाई लाग्दै गोलमा परिणत भएपछि सिटी ४-० ले अघि बढ्यो ।

सिटीको यस जितसँगै २ खेलमा ६ अंक भएको छ । यसअघि सिटीले पहिलो खेलमा वेस्ट ह्यामलाई २-० ले पराजित गरेको थियो ।

त्यसअघि दिनको पहिलो खेलमा एस्टन भिल्लाले एभर्टनलाई २-१ ले पराजित गर्यो । घरेलु टोली भिल्लाले ड्यानी इंग्स र एमिलियानो बुएन्डियाले १-१ गोल गरे । भिल्लाकै लुकास डीग्नले गरेको आत्मघाती गोल एभर्टनको लागि सान्त्वना सिमित भयो ।

आजको नतिजा:

एस्टन भिल्ला २-१ एभर्टन

साउथह्याम्पटन २-२ लिड्स युनाइटेड

वल्भ्स ०-० फुल्हम

म्यानचेस्टर सिटी ४-० बर्नमाउथ

ब्राइटन ०-० न्युकासल युनाइटेड

आर्सनल ४-२ लेस्टर सिटी

ब्रेन्टफर्ड ४-० म्यानचेस्टर युनाइटेड

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.