default_image

3 years ago

August 14, 2022

नेयमार चम्कँदा पिएसजीको सानदार जित

356 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड नेयमार जुनियर चम्कँदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानका सानदार जित दर्ता गरेको छ ।

पिएसजीले मोन्टपेलिएरमाथि ५–२ को सानदार जित दर्ता गरेको हो । पिएसजीको जितमा नेयमारले दुई गोल गर्दा केलियन एमबाप्पे र रेनाटो सान्चेजले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो । मोन्ट पेलिएरका वावी खाज्री र इन्जो चाटोले गोल फर्काए ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलका घरेलु टोली पिएसजीले २३औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएपनि एमबाप्पे चुक्दा पिएसजीले अग्रता लिन सकेन ।

३९औं मिनेटमा फलाए साकोले आत्मघाती गोल गरेपछि पिएसजीले खेलमा अग्रता लिन सफल भयो । ४३औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पिएसजी सहज जिततर्फ अग्रसर बन्यो ।

५८औं मिनेटमा वावी खाज्रीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । ६९औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजी खेलमा ४–१ ले अघि बढ्यो । ८५औं मिनेटमा नेयमारले गोल गरेपनि अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ८८औं मिनेटमा नुनो मेन्डिसको पासमा रेनाटो सान्चेजले गोल गरेपछि पिएसजी खेलमा ५–१ ले अघि बढ्यो ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इन्जो चाटोले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल नहुँदा पिएसजी ३ अंक जोड्न सफल भयो ।

पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले क्लेरमन्ट फुर्टलाई ५–० को भारी अन्तरले हराएको थियो । लगातार दोस्रो जितसँगै पिएसजी ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहोरेको मोन्टपेलिएर ३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.