3 years ago
August 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको डिफेन्डर पुजा रानाले प्रशिक्षणका दौरान बोकेको चोटका कारण साफ च्याम्पियनसिप गुमाउने देखिएको छ ।

आइतबार प्रशिक्षणका दौरान गोलरक्षकसँग ठोक्किन पुग्दा उनको बायाँ खुट्टामा चोट लागेको थियो । प्रारम्भिक परिक्षण अनुसार उनको खुट्टा भाँचिएको आशंका गरिएको छ । चोटको विस्तृत विवरण भोली थाहा हुने बुझिएको छ । चोटको प्रकृति हेर्दा उनले अर्को महिना हुने साफ च्याम्पियनसिप भने गुमाउने सम्भावना छ ।
सन् २०१९ मा विराटनगरमा भएको साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी पुजा निरन्तर टोलीमा रहेकी थिइन् । उनी नेपाल पुलिस क्लबको पहिलो रोजाइमा खेल्दै आएकी छिन् । उमेर समूहमा नेपालको कप्तानी समेत गरेकी उनले सन् २०१५ मा यू-१४ टोलीलाई दशरथ रंगशालामा खेल्दा नै कप्तानी गर्दै फाइनल पुर्याएकी थिइन् ।

साफका लागि राष्ट्रिय टोलीको दोस्रो चरण छनोटमा हाल ३५ खेलाडी रहेका छन् । दशरथ रंगशालामा हुने प्रतियोगिता भदौ २१ देखि असोज ३ गतेसम्म चल्नेछ । नेपाल रहेको समूह बी मा भुटान र श्रीलंका रहेका छन् । आयोजक नेपालले उद्घाटन खेलमा भुटानको सामना गर्नेछ । खेल भदौ २१ गते साँझ ५:३० बजे हुनेछ । दोस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालले भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।
भदौ ३१ गते सेमिफाइनलका दुई खेल हुनेछ । त्यसपछि असोज ३ गते फाइनल हुनेछ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।
नेपालको ३५ सदस्यीय टोली :
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ, कविता विक
डिफेन्डर : हिराकुमारी भुजेल, सिर्जना सिंह ठकुरी, गंगा गुरुङ, अमृता जैशी, गीता राना, पुजा राना, पुनम जर्घा मगर, निशा थोकर, सिर्जना चेम्जोङ, विमला विक, समिक्षा घिमिरे
मिडफिल्डर : विमला चौधरी, मन्जली कुमारी योन्जन, सविता रानामगर, प्रिती राई, सरु लिम्बु, दिपा राई, दिपा शाही, इन्दिरा राई, सरस्वती ऐर, अनिता बस्नेत, हिमा चौधरी, कुसुम खतिवडा
फरवार्ड : सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मीकुमारी घिसिङ, रजनी थोकर, निर्मला विक, चन्द्रा भण्डारी
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]