default_image

9 years ago

December 18, 2016

म्यान्चेस्टर सिटी र टोटनह्यामको जित

128 views

0 Bookmark

ईङ्ल्याण्ड (एजेन्सी)- आज भएको ईंग्लिश प्रिमियर लिग अन्तर्गतको खेलहरुमा टोट्नह्याम, म्यान्चेस्टर सिटी र साउथह्याम्प्टन बिजयी भएका छन । चौथो स्थानमा रहेको म्यान्चेस्टर सिटीले तेस्रो स्थानमा रहेको आर्सनललाई २-१ले पराजित गरेको हो । यस तीन अंक पश्चात म्यान्चेस्टर सिटी दोस्रो स्थानमा पुग्न सफल भएको छ ।

raheem-sterling

आज भएको पहिलो खेलमा एएफसी बर्नमाउथले पहिलो हाल्फको आग्रता जोगाउन नसक्दा साउथह्याम्प्टनसँग ३-१ले पराजित हुन पुग्यो। खेलको ६औं मिनटमा चेल्सीबाट लोनमा आएका नाथन एकेले गोल गर्दै आग्रता दिलएका थिए तर त्यसकै ८ मिनट पछी चेल्सीकै पुर्व खेलाडी रायन बर्टराण्डले गोल गर्दै खेल बराबरीमा लेराएका थिए । अन्य दुइ गोल बिजेता टोलिका जय रोड्रीगेजले दोस्रो हाल्फको ४८ र ८५औं मिनटमा गरेका थिए ।

आजै भएको अर्को खेलमा आर्सनल पनि आग्रता जोगाउन नसक्दा म्यान्चेस्टर सिटीसँग २-१ले पराजित भयो । खेलको १४औं मिनटमै आर्सनलका लागि थियो वाल्कटले गोल गर्दै आग्राता दिलाएपनी उक्त खुशी पहिलो हाल्फमै सिमित हुन पुग्यो। सिटीका तर्फबाट दुबै गोल दोस्रो हाल्फम सम्भब भएको थियो । सिटीका लागि यसै सिजन अनुबन्धित युवा खेलाडी लेरोए सानेले ४८औ मिनटमा गोल गर्दै खेल बराबरीमा लेराएका थिए भने बिजयी गोल खेलको ७१औ मिनटमा रहिम स्टेर्लिङले प्रहार गरेका थिए । यो नजिता पश्चात सिटी दोस्रो स्थानमा पुगेको छ यधपी दुई अंक पछाडी रहेको लिभरपुलले एक खेल कम खेलेको छ ।

आजको अर्को खेलमा टोट्नह्याम हट्स्पर्सले पनि बर्नलेबिरुद्ध २-१को जित हात पर्‍यो । घरेलु मैदानमा खेलेको स्पर्सले पनि पछाडी परेको अवस्था उल्टाउदै जित हात परेको हो । पाँचौ स्थानमा रहेको स्पर्स खेलको २२औ मिनटमा यास्ले बार्नेसले गोल गर्दा पछाडी परेको थियो तर त्यस्को पाँच मिनटपछी नै डेले अलिले गोल गर्दै खेल १-१ बनाए । स्पर्सका लागि बिजयी गोल खेलको ७१औ मिनटमा डानी रोजले गरेका थिए ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.