3 years ago
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फिफाको निलम्बनसँगै भारतले अर्को महिना हुने साफको दुई प्रतियोगिता तथा फुकुवा नहुँदासम्म अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भएको छ ।

नेपालमा अर्को महिना आयोजना हुने महिला साफ च्याम्पियनसिपमा अब ६ टोलीबीच मात्र प्रतिस्पर्धा हुने भएको छ । दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता रहने भनिएको प्रतियोगितामा फिफाले भारतलाई सोमबार निलम्बन गरेपछि अब ६ राष्ट्रको मात्र सहभागिता रहने भएको हो ।
भदौ २१ देखि असोज २३ गते सम्म दशरथ रंगशालामा हुने साफ च्याम्पिनसिपका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसअघि नै समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको थियो । च्याम्पियनसिपको छैटौं संस्करणमा आयोजक नेपालसँगै श्रीलंका र भुटान छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित्दै आएको छ । भारत बाहिरिएपछि समूह ए मा अब बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहने छन् ।

भारत च्याम्पियनसिपको साविक विजेता हो । पहिलाको भन्दा अब च्याम्पियनसिपमा ३ खेल कम गरि ९ खेल मात्र हुनेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यस आधारमा समूह चरणमा ६ खेल तथा २ सेमिफाइनल र फाइनल खेल हुनेछ । साफले अब खेल तालिका भने संशोधन गर्ने सम्भावना रहन्छ ।
कुमार थापाको मुख्य प्रशिक्षणमा नेपाली टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए भने अहिले ३५ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । पाँचौं संस्करण विराटनगरमा भएको थियो । त्यति बेला नेपाल भारतसँग पराजित भएको थियो ।

हालसम्म ५ संस्करणमध्ये नेपाल ४ पटक फाइनलमा भारतसँग पराजित भएको छ । सन् २०१५ मा भने नेपाल भारतसँग सेमिफाइनलमा रोकिएको थियो । भारत नहुँदा नेपाल टोली च्याम्पियन बन्ने सम्भावना बलियो भएको छ ।
त्यस्तै श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिपमा पनि अब भारतले सहभागिता जनाउने छैन । उक्त प्रतियोगितामा नेपाल र भारत एकै समूहमा थिए । भारत नखेल्ने भएसँगै अब प्रतियोगिता राउन्ड रोबिन पद्दतिमा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंका, नेपाल, माल्दिभ्स, बंगलादेश र भुटान खेल्नेछन् । प्रतियोगिता ५ देखि १४ सेप्टेम्बरमा हुने तय थियो ।
भारत किन निलम्बनमा पर्यो ?
बाहिरी शक्ति हावी भएको उल्लेख गर्दै फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई निलम्बन गरेको हो । फिफाले यसअघि नै पटक पटक चेतावनी दिएपनि भारतमा विधान विपरित काम हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले निलम्बन गरेको हो ।
फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने पाउने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् । भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू–१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको छ । फिफाका अनुसार अब एआइएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र निलम्बन फुकुवाको प्रक्रिया सुरु हुनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]