default_image

3 years ago

August 30, 2022

विश्वकपमा अर्जेन्टिनाले लगाउने जर्सी सार्वजनिक

453 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ कतारमा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले प्रयोग गर्ने अवे जर्सी सार्वजनिक गरिएको छ ।

अर्जेन्टिनाको जर्सी निर्माता कम्पनि एडिडासले सोमबार प्याजी रंगको जर्सी सार्वजनिक गरेको हो । कप्तान लिओनेल मेस्सीसहितका खेलाडीले नयाँ जर्सी लगाएका थिए । अर्जेन्टिनाको इतिहासमा नै पहिलो पटक राष्ट्रिय टोलीले प्याजी रंगको जर्सी प्रयोग गर्दैछ ।

एडिडासले लैंगिक समानताबाट प्रेरित भएर प्याजी रंग रोजेको बताएका छ । ‘लैंगिक समानताको संदेश दिने यस जर्सीले निकै महत्त्व बोकेको छ । यसले विविधता र समावेशीलाई पनि साथ दिएको छ । हामी खेलकुदको माध्यमबाट सामाजिक परिवर्तन ल्याउन चाहन्छौं । र फुटबल त्यसलाई यथार्थमा बदल्न बलियो भूमिका खेल्न सक्छ,’ एडिडास अर्जेन्टिनाका प्रबन्ध निर्देशक पाब्लो लामोले भने ।

अर्जेन्टिनाले विश्वकपमा प्रयोग गर्ने जर्सी पुन: प्रयोग गर्न मिल्ने सामग्री प्रयोग गरेर बनाइएको हो । यसमा ५० प्रतिशत पार्ले ओसन प्लास्टिक पनि प्रयोग गरीएको छ ।

अर्जेन्टिनाले गत महिना नै विश्वकपमा प्रयोग हुने होम जर्सी सार्वजनिक गरिसकेको छ । होम जर्सी भने परम्परागत सेतो र आकाशे निलो रंगको सम्मिश्रण छ । जर्सीको पछाडी भागमा भने यसपटक अर्जेन्टिनाको झन्डाको डिजाइन राखिएको छ ।

December 14, 2025

इस्ट बंगाल र एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

Success

Thank you for your time.