3 years ago
September 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर समिक्षा घिमिरेले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानसँगको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् ।

समिक्षाले ७४औं मिनेटमा हिरा कुमारी भुजेलको स्थानमा मैदान प्रवेश गरेकी हुन् । महिला राष्ट्रिय लिगमा चन्द्रपुरबाट खेलेक उनी पछिल्लो समय नेपाल पुलिस क्लबमा आबाद्ध छिन् । उनले महिला टोलीको उमेर समूह यू–१८ र यू–१९ बाट खेलिसकेकी छिन् ।
भुटानसँगको खेलबाट नै मिडफिल्डर दीपा शाही र फरवार्ड अमिशा कार्कीले सिनियर महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । प्रशिक्षक कुमार थापाले दीपा र अमिशालाई पहिलो रोजाईमा मौका दिदै डेब्यु दिएका हुन् ।
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]