default_image

3 years ago

September 7, 2022

हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीको जित

209 views

0 Bookmark

एजेन्सी – उच्च लयमा रहेका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगमा सानदार विजयी सुरुवात गरेको छ ।

सिटीले स्पेनिस क्लब सेभियालाई ४–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । सिटीको जितमा हालान्डले दुई गोल गर्दा फिल फोडेन र रुवेन डियासले समान एक गोल थपे ।

रमन सान्चेज पिजुआन सेभियामा मंगलबार राति भएको खेलको २०औं मिनेटमा हालान्डको गोलबाट सिटीले अग्रता लिन सफल भयो । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए ।

घरेलु टोलीलाई लगातार दवावमा राखेपनि सिटीले दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५८औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा हालान्डले फिल फोडेनको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई सहज जिततर्फ अघि बढाए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रुवेन डियासले जोओ क्यान्सेलोको पासमा गोल गर्दै सिटीलाई ४–० को सानदार जित दिलाए ।

यस जितसँगै सिटी समूह ‘जी’ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि डर्टमुन्ड गोलअन्तरमा पछि छ । एफसी कोपेनहेगन र सेभिया अंकविहीन छ ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले डेनिस क्लब एफसी कोपेनहेगनलाई ३–० ले पराजित गरेको छ । डर्टमुन्डको जितमा मार्काे रिउस, राफायल गुरेइरो र जुड बेलिङहमले गोल गरे ।

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

November 13, 2025

नेपाल र बंगलादेश खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]

Success

Thank you for your time.