3 years ago
September 11, 2022
काठमाडौं (हाम्रो खेलकुद)– कुवेती अब्दुल्ला अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफूहरुबीचको नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकका विषयमा भएको सम्झौता रद्द भएको पत्र पठाएका छन् ।

‘एन्फा महासचिवलाई इमेलमार्फत पठाउँदै एन्फा, कतार फुटबल संघ र आफूबीच भएको सम्झौता रद्द भएको जानकारी दिनुभएको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले आइतबार भने,‘ यसलाई एन्फाले राजीनामा नै बुझेको छ ।’ कतार फुटबल संघको सहयोगमा अल्मुताइरी २०७७ को चैतमा नेपाल आएका थिए ।
अल्मुताइरीले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद त्यागेको घोषणा गरेका थिए । उनले फुसबुक स्ट्याट्स र एन्फालाई लगभग उहि समयमा पठाएको बुझिएको छ ।
साफ च्याम्पियनसिपको पछिल्लो संस्करणमा नेपाललाई फाइनल पुर्याएका अल्मुताइरीले फेसबुकमा खेलेका छन्, ५ सय २५ दिन नेपाल फुटबलको सेवा पछि आज आएर मैले नेपाली राष्ट्रिय फुटबल टोलीको यात्रा अन्त्य गरेको घोषणा गर्दछु । ’ उनले यात्रामा साथ दिने सबैलाई धन्यवाद पनि दिएका छन् ।
नेपाली टोली सम्हालेको केहि समयमा नै उनी विवादमा परेका थिए । गत वर्ष असारमा दुई खेलकुद पत्रकारहरुसँगको समान्य विवादमा अल्मुताइरीले तत्कालिन एन्फा वरिष्ठ उपाध्यक्ष रहेका पंकजविक्रम नेम्वाङमाथि गम्भिर आरोप लगाएका थिए । उनले नेम्वाङका कारण काम गर्न असहज भएको भन्दै पहिलो पटक फेसबुकमार्फत राजीनामाको घोषणा गरेका थिए ।
त्यसपछि गत वर्ष कात्तिकमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपका दौरान फाइनल अघि अब आफू नेपाल नफर्कने भन्दै राजीनामाको घोषणा गरेका थिए । तर, पछि उनी दीर्घकालिन योजनासहित आफू सन् २०२४ सम्म नेपाली टोलीको प्रशिक्षक रहने भन्दै पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए ।
पछिल्लो पटक भने उनी राष्ट्रिय टोलीका खेलाडीसँग नै विवादमा तानिएका थिए । प्रशिक्षणमा रहेका खेलाडीलाई होटलमा राख्ने कि होस्टलमा भन्ने सामान्य विषयमा उनले खेलाडीसँग विवाद गरेका थिए । सिनियर खेलाडी रहेका रोहित चन्दले होस्टलमा सामान्य सुविधा पनि नरहेकोले टोलीलाई होटलमै राख्नु पर्ने माग राखेपछि उनी खेलाडीसँग आक्रामक बनेका थिए ।
त्यहि विषयमा अन्य खेलाडी पनि रोहितको साथमा हो भने बन्द प्रशिक्षण छाडेर जान सक्ने बताएपछि थप ९ खेलाडीले प्रशिक्षण छाडेका थिए । सोहि विषयमा गठन भएको छानविन समितिले कतार फुटबल संघसँग सम्वन्य गरि अल्मुताइरीको ठाँउमा अर्को प्रशिक्षक पठाइदिन आग्रह गर्न भनेको थियो ।
एन्फाले असोज ११ गते बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । जेठमा कतारमा भएको एसियन कप छनोटमा राष्ट्रिय टोलीले भाग लिएपछि अल्मुताइरी नेपाल फर्केका थिएनन् । यद्दपी उनले बंगलादेशविरुद्धको खेलका लागि २६ खेलाडी डाक्न एन्फालाई आग्रह गरेका थिए । एन्फाले भने हुमागाईलाई कार्यवहाक मुख्य प्रशिक्षक घोषणा गर्दै ४० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो ।
November 13, 2025
रविन्द्र वाईबा, हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी राष्ट्रिय लिगको लागि छनोट भएको छन्। हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा समूह `ए´ बाट दुबै टोली अन्तिम चारमा पुगेको हो। लालीगुराँस समूह विजेता र चित्लाङ उपविजेता बन्दै लिगको अन्तिम चारमा प्रवेश गरेको हो। लिगमा ४ खेल खेलेको लालीगुराँसले २ खेलमा जित र २ खेल बराबरी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा १-० को अग्रता बनाएको छ। नेपालको लागि उपकप्तान रोहित चन्दले गोल गरे। बंगलादेशको ढाकामा जारी खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोलीविरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको पासमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगत्तै बङ्गलादेशका […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]