3 years ago
September 13, 2022
एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज मंगलबार जर्मन क्लब बायर्न म्युनिखले घरेलु मैदानमा क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ ।

खेल नेपाली समयअनुसार राति १२ः४५ बजे म्युनिखस्थित एलिएन्ज एरिनामा हुनेछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रनेछ ।
घरेलु मैदानमा बायर्न यो सिजनमा लयमा रहेको बार्सिलोनालाई हराउँदै समूह ‘सी’ मा लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ । टोलीसँग साडियो माने, लिरोए साने, थोमस मुलर, सर्ज जिनाब्री, योसुवा किम्मिख, मार्सेल सवित्जर, अलफन्सो डाभिस, लुकास हर्नान्डेज, डेअट उपामिकानो, बेन्जामिन पाभार्ड र गोलरक्षक म्यानुयल नुएर रहेका छन् । यस्तै टोलीसँग जमल मुसिएला, लियोन गोरेट्जका र रायन ग्राभेनवर्च पनि रहेका छन् ।
यता, बार्सिलोना बायर्नकै पूर्व फरवार्ड रोबर्ट लेवान्डोस्कीसँगै बायर्नविरुद्ध मैदानमा उत्रनेछ । बार्सिलोनासँग लेवान्डोस्कीसँगै राफिन्हा, औसमाने डेम्वेले, अन्सु फाती, फेरान टोरेस, पेड्री, गाभी, सर्जियो बुस्क्वेट्स, एरिक गार्सिया, जुल्स कुन्डे, रोनाल्ड एराउजो, मार्काेस अलन्सो र गोलरक्षक मार्क आन्दर टेर स्टेगन रहेको छ ।
यि दुई टोलीबीचको पछिल्लो ९ खेलको नतिजामा बायर्नले ७ खेल आफ्नो पक्षमा पारेको छ । बार्सिलोनाले दुई खेल जितेको छ । पछिल्लो चार भेटमा बायर्नले बार्सिलोनाविरुद्ध जित निकालेको छ ।
बायर्न सोही जितको लयलाई निरन्तरता दिने लक्ष्यसहित मैद्यान उत्रनेछ । बार्सिलोनाले बायर्नलाई पछिल्लोपटक सन् २०१५ को च्याम्पियन्स लिगको समूह चरणको खेलमा ३–० को जित निकालेको थियो । बार्सिलोना बायर्नसँगको लगातार हारको श्रृंखला तोड्ने लक्ष्यमा हुनेछ ।
अन्य खेल
स्पोर्टिङ सिपीविरुद्ध टोटेनहम
भिक्टोरिया प्लेजेनविरुद्ध इन्टर मिलान
बायर लिभरकुसनविरुद्ध एट्लेटिको म्याड्रिड
एफसी पोर्टाेविरुद्ध क्लब ब्रुग
लिभरपुलविरुद्ध आयाक्स
मार्सेविरुद्ध फ्रान्कफुर्ट
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]