default_image

3 years ago

September 16, 2022

रोनाल्डोको पहिलो गोलमा म्यानचेस्टरको जित

265 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले यस सिजनमा पहिलो गोल गरेपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा जित निकालेको छ ।

युनाइटेडले मोल्दोभालाई उसकै मैदानमा २–० को जित निकालेको हो । मोल्दोभामा बिहीबार राति भएको खेलमा एक गोल जेडान सान्चोले गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको १७औं मिनेटमा जेडान सान्चोको गोलबाट युनाइटेडले सुरुवाती अग्रता लिन सफल भयो । उनले क्रिस्टियन एरिक्सनको पासमा गोल गर्न सफल भयो ।

३९औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । प्याट्रिक केपोजोले पेनाल्टी बक्समा डिएगो डालोटलाई फउल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गर्दा रोनाल्डो चुकेनन् ।

यो सिजनमा रोनाल्डोको यो पहिलो गोल हो । उनले यो सिजन पहिलो रोजाईमा विरलै मौका पाएपनि ८ खेल खेलेका छन् । उनको यो व्यवसायिक खेल करिअरमा क्लबको लागि ६९९औं गोल हो । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा युनाइटेडले पहिलो जित निकाल्न सफल भयो ।

यही समूह ‘ई’ को खेलमा स्पेनिस क्लब रियल सोसिडाडले लगातार दोस्रो जित निकाल्दै आफ्नो शीर्षतालाई यथावत राखेको छ । सोसिडाडले साइप्रसको ओमोनिया निकोसियालाई २–१ ले पराजित गरेको छ ।

यस नतिजासँगै सोसिडाड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो जित निकालेको युनाइटेड ३ अंक जोडेर दोस्रो स्थानमा छ । ३ अंक नै रहेपनि सेरिफ हेड टु हेडमा तेस्रोमा छ । ओमोनियाले अंकको खाता खोल्न सकेको छैन ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.